अर्घाखाँचीको बालशिक्षा माविका हेडसरलाई कालो मोसो

अर्घाखाँची । मोहन बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले मालारानी गाँउपालिका वडा नम्बर ८ मा रहेको बालशिक्षा माध्यमिक विधालयका प्रधानाध्यापक राजेन्द्र पन्थीलाई विभिन्न १० बुद्धे माग सहित कालोमोसो दलेको छ ।

जिल्ला संयोजक ज्वालाले पार्टीको तर्फबाट निकालिएको विज्ञप्तीका अनुसार दिवा खाजाको रकम हिनामिना गरेको,अनावश्यक रुपमा शिक्षक नियुक्ती गरी घुस खाएको,विद्यालय निर्माण गर्दा कमसल काम गराइ कमिसन खाएको,विद्यालयमा राजनिधि गतिविधि गरेको लगायतका विषयमा पटक पटक पार्टीले सुधारका लागि आग्रह गर्दा समेत नमानेकाले कालो मोसो दलिएको बताएको छ ।

यस्तै मोहन बैध नेतृत्वका एक नेताका अनुसार ४ वर्ष अघिदेखि सुधारका लागि आग्रह गरियो अहिले सम्म सुधारका लागि कुनै गतिविधि नगरेको र पहिलो चरणमा कालो मोसो दलिएको उनले बताए ।

विद्यालयका प्रधनाध्यापक राजेन्द्र पन्थीलाई कालो मोसो दल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मालारानीमा रहेको ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख ईश्वरी अधिकारीका अनुसार आइतबार विद्यालयमा जाने क्रममा उनलाई कालो मोसो दलेको बताए।

कालो मोसो दलेको आरोपमा नरेश्वर पाण्डे र हुकुम खड्कालाई पक्राउ गरिएको उनले बताए ।पक्राउ गरी घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट भैरहेका समेत उनले बताएका छन ।

यता सामाजिक संजालमा बाहिरीएको भिडियोमा प्रधनाध्यापक पन्थी सँगै मोटरसाइकल उनकी श्रीमती पछाडी बसेर विद्यालय हिडेको देखिन्छ ।सोहि क्रममा २ आएर मोटरसाइकल रोकी कालो मोसो दलेको देखिन्छ । मोटरसाइकल रोकेपछि कालो मोसो दल्दा श्रीमतीले त्यस ठाँउमा रहेका लाई बचाउन आग्रह गरेको आवाज भिडियोमा बाहिर आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)

epaper

ताजा समाचार

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’