नौमुले : १९ बर्षअघिको घटना सम्झिदा मन थरथर काँप्छ

नेपाली सेना र माओवादीको निशाना बनेको दैलेख नौमुलेकी रत्नकला ढकालको घर । दश वर्षे द्वन्द्वको निशाना बनेको द्वन्द्व सम्झिने घरका नामले चिनिने गरेको छ ।

दैलेख । दश वर्षे द्वन्द्वले नेपालीलाई धेरै उपहार दियो । हजारौं मानिसले ज्यान गुमाए भने सयौं मानिस घरवारविहिन बने । केही मानिस विदेशिनु प-यो । १२ बुँदे सहमति पश्चात देशमा शान्ति आयो । देशलाई सक्रमणबाट जोगाउन दुई पटक संविधान सभाको चुनाव भयो । दोस्रो संविधान सभाको चुनावले आमनेपालीले संविधान पाए । तर दुइ वटै संविधान सभाको चुनावमामा मत खसाल्नु भएकी नौमुलेकी ७८ वर्षिय रत्नकला ढकालले संविधान पाए पनि अझै न्याय पाएकी छैनन् । पीडामाथि थप पीडा थपिदै गएका छन् ।

द्वन्द्व बेला काखैमा छोरा गुमाएकी ढकाल एक्ली छन् । २०७० असोजमा श्रीमान्को मृत्युपछि छोरी कहाँ बस्ने गरेकी छन् । २०५७ चैत्र २४ मा तत्कालीन नेकपा माओवादीले नौमुले इलाका प्रहरी चौकी आक्रमणमा रत्नाकला ढकालका कान्छा छोरा महेश ढकालसहित ३२ जना प्रहरीले ज्यान गुमाएका थिए । नेपालको इतिहासमा द्वन्द्वको सबै भन्दा ठुलो घटना हो । नौमुले ईलाका प्रहरी कार्यालय आक्रमणका बेला काखैमा छोरा गुमाएकी ढकाल त्यतिबेलाको घटना सम्झिदा अहिले पनि मन थरथर काप्छ । सकी नसकि मन दरिलो बनाउँछु घरनजिकै प्रहरीलाई देख्दा कान्छा छोरा महेशको सम्झना आउँछ, दुखेसो पोखिन ।

०५७ चैत २४ गतेको राती ज्यान बचाउन चौकीबाट आमाको काखमा आएका थिए, रत्नाकलाका कान्छा छोरा महेश । गोलीले छियाँ,छियाँ बनेका महेशलाई आमा र रत्नाकलाले धानको भकारीमा लुकाईन् । तर बचाउन सकिनन् । भकारीमै अन्त्य भयो । प्रहरी लुकेको आशंकाले माओवादीले घरका मानिसलाई बाहिर निकाली घरमा बम पड्काएर खरानी बनाईदिए । स्थानीय महेश सहित ३२ प्रहरीको नौमुलेमा ज्यान गुमाए ।

तत्कालीन माओवादीको हेडक्वाटर बनेको नौमुले शान्तिपश्चात विकासतिर लम्कदै ।

“प्रहरी चौकी नजिकै घर भएकाले छोरो बचाउन आमा भन्दै आयो । धानको भकारीमा लुकाएर धान राख्दै थिए, अर्का एकजना बचाउ आमा भन्दै आयो, उसलाई पनि लुकाए ।” प्रहरी घरभित्र पसेको थाहा पाउने वित्तिकै माओवादीले वम पड्काए । ढकालसहित दुई जना प्रहरी भकारीमै मृत्यु भयो । छोराको काजकिरिया गरेर ढकाल परिवार काठमाडौ हानिए । सबै परिवार राजधानी छिरेपछि जेठा छोरा विद्या ढकालको घर कब्जा गरि माआवादीले जग्गा जमिनमा खेतीपाती गरे । माओवादीले कार्यालय स्थापना गरेको भन्दै सेनाले घरमा आगजनी गरि ध्वस बनायो ।

माओवादी द्वन्द्व समाप्तिसंगै मुलुकमा शान्ति स्थापना भयो । रत्नकलासहित श्रीमान पतिरामपति गाउँ फर्के । छोराको ज्यान खरानी भएको ठाउँमै खेत बेचेर घर पुननिर्माण गरि गरी बसे । तर द्वन्द्वको बेला विस्थापित भएकी शोभा ढकाल भने अझै फर्केकी छैन् । शान्ति स्थापना भएको १३ वर्ष पुग्न लाग्दा रत्नकला ढकालको बुहारी र नातिसँग भेट भएको छैन । त्यसवेला महेश ढकालले श्रीमति गर्भवती थिइन् । कोहोलपुरमा बच्चा जन्माएर छोरालाई पढाउन थालिन् । केही बर्षअघि दोस्रो बिहे गरिन् । छोराको माया मेटाउन रत्नकला ढकाल अहिले नातिको खोजिमा छन् । बुहारीले अर्को विहे गरी भन्ने सुनेको छु । नाति कहाँ होला ,के खायो होला भन्ने चिन्ता लागेको गरेको बताइन । माइती घर जुम्ला भएकी शोभा ढकाल र महेश ढकाल विच ०५७ भदौमा प्रेम विवाह भएको थियो । द्वन्द्वको बेला गाउँ छोडेर विस्थापित भएकी श्रीमान्को मृत्युपछि शोभा नौमुले नफर्केर दोस्रो विहे गरिन् ।

माओवादी आक्रमणमा ध्वस्त भएको ईलाका प्रहरी नौमुले चौकी शान्तिपछि सुविधा सम्पन्न बनेको भवन । तस्वीर : भक्तबहादुर शाही /दुल्लू

समुद्धितिर लम्कदै नौमुले
द्वन्द्वको बेला छिया, छिया भएका घाउ विस्तारै पुरिदै गएका छन् भने घरबास छोडेर विदेशिएका किसान घर फर्किसकेका छन् । जनयुद्धको समयमा विद्यार्थी विहिन बनेको भैरव उच्च मावि नौमुलेमा विद्यार्थी चाप बढदै गएको छ । सशस्त्र द्वन्द्वको बेला यहाँका मैदानमा माओवादी मिलिसियाले पिटी परेड गर्थे । आजभोली बालबालिकाले तेक्वान्दोबाट शान्तिको अनुभुती लिइरहेका छन् । “ द्वन्द्वको क्रममा स्थगित नभए थुप्रै राष्ट्रिय स्तरका खेलाडी उत्पादन भइसक्ने
लालबहादुर राना बताए । द्वन्द्व पश्चात नौमुलेले तेक्वान्दोका प्रशिक्षकदेखि लिएर राष्ट्रिय स्तरका खेलाडी जन्माएको छ ।

शान्ति सम्झौतापश्चात नौमुलेमा विकासको क्रम बढदै गएको छ । सरकारी स्कुलसमेत बन्द गरेर ज्यान जोगाउन विदेशिएकाहरु फर्केर बोडिङ्ग स्कुल,सञ्चालनमा गरेका छन् । बजार विस्तार हुने क्रमले घडेरीको मुल्य मिटरको १ लाख ५० हजार दरले बृद्धि भएको छ ।

द्वन्द्वको प्रत्यक्ष मारमा परेका नौमुले बासीमा भने प्रहरी भवन निर्माणपछि खुशी छाएको छ । भवन निर्माण हुदा आफुहरुले शान्तिको अनुभुति लिएको ६८ वर्षिया गौरी दर्लामीले बताइन् । प्रहरी चौकी आक्रमण सँगै उनको घर समेत खरानी भएको थियो । शान्ति तथा पुर्नर्निमाण मन्त्रालय, शान्ति कोष सचिवालयको आर्थिक सहयोगमा द्वन्द्वले प्रभावित क्षेत्र नौमूलेमा सुविधासम्पन्न इलाका प्रहरी कार्यालय भवनको पुरा भएको छ ।

सिभिल निर्माण सेवाले निर्माण गरेको भवन ७७ लाख ९४ हजार ८ सय ६१ रुपैंया लागतमा बनाएको हो । चार कोठा सहित महिला र पुरुषका लागि दुई बेग्लाबेग्लै थुनुवा कक्ष रहेको ईलाका प्रहरी कार्यालय नौमुले जनाएको छ । इलाका प्रहरी प्रमुखका लागि छुट्टै निवास, अफिस र महिला सेलका लागि कोठाको व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय हालसम्म पनि त्यस ठाउँमा महिला प्रहरी पठाएको छैन ।

‘क’ श्रेणीको इलाका कार्यालयमा अपराध अनुसन्धान, राजनैतिक अन्वेषण लगायतका शाखा छन् ्। ०५७ चैत २४ गते राती माओवादी आक्रमणमा परी ३२ जना प्रहरीको ज्यान जानुका साथै भवन पूरै ध्वस्त भएको थियो । आक्रमणपछि विस्थापित कार्यालय ०६४ सालमा पुनस्र्थापना गरिएपनि इलाका प्रहरी नौमुले कच्ची घरमा वस्दै आएको थियो । सुविधासम्पन्न भवन बनेपछि प्रहरीलाई दैनिक कामकाज गर्नलाई समेत हौसला मिलेको इप्रका प्रमुख तुल्छी ओलीले बताए । उनले भने, प्रहरी भवनका साथै विकासका अन्य संरचनाले गर्दा नौमूलेबजारको सुन्दरता फेरिएको छ, ।

बजार विस्तार हुने क्रमले घडेरीको मुल्य मिटरको १ लाख ५० हजार दरले बृद्धि भएको छ । नौमूलेबजारमा सडक पिसिसी हुनुका साथै सदरमुकामबाट सिधा यातायात जोडिएको छ । त्यस्तै गरि सुरक्षित सुत्केरी लागी प्रसुतिगृह निर्माण भएको छ । बढ्दो सहरीकरण र विकास निर्माणका कामले गर्दा स्थानीयले रोजगारी घरनजिकै रोजगारी पाएका छन् ।

ठूला शहर र भारततिर जानुपरेको छैन्’ त्यस इलाकाका तत्कालीन जिविस पूर्व सदस्य तेजबहादुर चन्दले भन । ‘अर्कोतिर पूर्वाधार विकासले विगतका घाउहरु पनि मेटिदैछन् ।’ लघु जलविद्युत सञ्चालनमा आएपछि झन् नौमूले झलमल्ल छ । लोहोरो हाइड्रो पावरको निर्माणको कार्य शुरु हुनुका साथै द्धारी हाइड्रो पावरले विद्युत लाइन केन्द्रिय प्रसारण लाईनमा जोडि सकेको विकास हिसाबले नौमुले प्रथम हुन सक्ने स्थानीय पत्रकार महेन्द्र सापकोटाले बताए । शान्ति छाउला र नौमूलेमै बसेर संसार देख्न पाइएला भन्ने कल्पनै नगरेका त्यस भेकका बासिन्दा विकास देख्दा दंग छन् । द्वन्द्वताका बेला कहिले मरिने हो पिरोलिने गरेका बुढापाका शान्तिपछि द्वन्द्वको झल्को दिने साँक्षीको ’bout चर्चा गरेको बताउँछन ।

नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा मगर भने, द्वन्द्वकालमा माओवादी हेर्डक्वाटर बनेको नौमुलेलाई ‘हाईड्रोपावर हव’ बनाइने बताए । जनयुद्धमा माओवादीले प्रहरी चौकी आक्रमणमा परि ३२ जनाको ज्यान गुमाएकोले गणतन्त्रको विजारोपण गरेकाले नौमुलेलाई नेपाल सरकारले युद्ध पर्यटन क्षेत्र घोषणा गर्नुपर्छ उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 1,108 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम