घरदैलोमै सामाजिक सुरक्षा भत्ता

दैलेख । गुराँस गाँउपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको छ । गाँउपालिका आउन नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाँउपालिकाले घरदैलोमा पुगेर सेवा दिन थालेको हो ।

गुराँस गाँउपालिकाका वडा नं १ ,२मा रहेका लाभग्राहीलाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाँउपालिका दैैलेखका प्रमुख प्रसासकीय अधिकृत दिनेश दाहालले जानकारी दिए।उनले गाँउपालिका भित्रका अन्य टाढाका वडामा पनि बितरण गरिने बताए । अशक्त, अपाङ्गता भएका नागरिक र ज्येष्ठ नागरिकलाई गाँउपालिका सम्म आँउनलाई सास्ती हुने भएकाले भत्ता वितरण कार्यलाई निरन्तरता दिएको प्रमुख प्रसासकीय अधिकृत दाहालले राजधानीलाई जानकारी दिए ।

वडामा पुगेर भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घण्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको गाँउपालिका अध्यक्ष टोप बहादुर बिशीले बताए। सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै उनीहरुलाई पायक पर्ने गरी सम्बन्धित वडा कार्यालयमा नै उपस्थित गराएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको उनले बताए ।

यस्तै दैलेखको नारायण नगरपालिका दैलेखले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नारायण नगरपालिका वडा नं १० र ११ मा रहेका लाभग्राहीलाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले बताए ।

उनले नारायण नगरपालिका र वडा कार्यालय,बैकंको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुले सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही,अपाङ्ग लगायतको समय रकम बचत भएको नारायण नगरपालिका दैलेखका नगरप्रमुख शर्माले बताए ।

दैलेखको महाबु गाउँपालिकाले वडामै पुगेर टोल–टोलमा भत्ता वितरण सुरु गरको छ। गाउँपालिकाले बैंकसँगको सहकार्यमा हरेक वडामा पुगेर भत्ता वितरण गरेको महाबु गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए ।उनले महाबु गाँउपालिकाका६वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिसकेको बताए । गाउँपालिकाले यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार