घैंटो भित्रको पाप !

एक दिन कालीदास बाटामा हिँडिरहेका थिए । उनले बाटामा मानिस के गरिरहेका छन् भनी निकै घुरेर हेर्ने र सुझाव दिने गरिरहेका थिए । यत्तिकैमा उनले एक जना महिलाले एउटा माटाको गाग्रो र एउटा कचौरा लिएर बसिरहेको देखे । उनी ग्राहकको प्रतिक्षामा थिइन् ।कालीदासलाई अचम्म लाग्यो । उनले नजिकै गएर सोधे, ‘बहिनी, तिमी के बेचिरहेकी छ्यौ ?’

उनले सोधेको प्रश्न सकिन नपाउँदै महिलाले भनिन्, ‘मैले पाप बेचिरहेकी छु । मसँग पाप छ, मैले किन भन्छु, इच्छा भएकाले किनेर लान्छन् । धेरै मानिस खुशी भएर किन्छन् ।’

कालीदास छक्क परे । उनले सोचे, ‘गाग्रोमा पनि कहिँ पाप हुन्छ र ?’उनले प्रश्न गरे, ‘कसरी त्यस्तो कुरा गरेकी ? गाग्रोभित्र त पाप हुँदैन ।’ उनले उत्सुकता पोखे ।

महिलाले भनिन्, ‘हुन्छ, हुन्छ हजुर !’

कालीदास झनै अन्यौलतामा परे । उनले टाउको कन्याउनै लाग्दा ती महिलाले भनिन्, ‘मेरो यो गाग्रोमा आठवटा पाप भरिएका छन् । ती एकअर्कामा मिलेर साथै बसेका छन् । तिनको रमाइलो गठबन्धन छ ।’

‘आठ आठवटा पाप, त्यो पनि गाग्रोमा, यो कसरी संभव छ ?’ हेरौं भन्दै कालीदास अघि बढे । महिलाले उनलाई नजिक नआउन इशारा गर्दै भनिन्, ‘हो यसमा आठवटा पाप छन् । बुद्धिनास, पागलपन, लडाइँ, झगडा, बेहोसी, विवेकनाश, सद्गुणनास र सुखको अन्त्य !’

यसले कालीदासलाई झनै उत्सुक नायो । यस्ता विकारका खानी, त्यो पनि गठजोड गरेर बसेका ! उनलाई नजानी नहुने र नदेखी नहुने कौतुहलताले सतायो । उनी व्यग्र देखिए । तर ती महिलाले कालीदासलाई नजिक नआउन सङ्केत गरिसकेकी थिइन् ।

यतिका बेरसम्म कुनै पनि ग्राहक त्यहाँ आएन । कालीदास निकै पर्खिए पनि । को मानिसले यस्ता विकार किनेर खुसी हुँदै लैजाँदा रहेछन् भनेर ग्राहक आउने प्रतिक्षा पनि गरे । तर कोही पनि आउने छनक देखिएन । उनका लागि समय निकै मूल्यवान थियो । उनी छोटो समयमा विद्वान बन्ने लक्ष्य लिएर हिँडेका थिए ।

तर ती महिलाले आश्चर्यजनक कुरा गरेर उनलाई अलमल्याइन् । उनले यस्ता कुरा थाह नपाएर पनि कसरी जानु भनेर पर्खने धैर्यता गरे । यो पनि उनको जीवनमा विद्वता थप्ने एक आयाम थियो ।सोच्न पनि यसरी नै सोचे ।

समय बित्दै जाँदा उनी अधैर्य भएको देखेर ती महिलाले भनिन्, ‘यो रक्सी हो, हजुर रक्सी !’ यो आठवटा पापको गठजोड हो । उनले आफ्नो विगत सम्झिए । उनी निकै मूर्ख थिए । महिलाले उनको विगत सम्झाइदिए झैं लाग्यो उनलाई । सुरुका दिनमा उनी यस्तै थिए । हाँगाको टुप्पामा बसेर उही हाँगो काट्थे ।

उनले सोचे, ‘रक्सीमा भएको आठ पाप भनेको एकमुष्ठ रूपमा मूर्खता नै हो । बुद्धिनास, पागलपन, लडाइँ, झगडा, बेहोसीपन, विवेकनाश, सद्गुणनास र सुखको अन्त्यभनेको मूर्खता हो । उनी बाँकी समयमै यो अष्ठ पापबाट मुक्त भए । उनी शिक्षित भए ।अबको थारै समयको साधना पछि उनी विद्वान बन्ने छन् । उनी यसरी नसुध्रिएका भए अष्टपापको घैंटो बनेर जिउने थिए ।

विद्वान बनेपछिका दिनमा उनले विक्रमोवर्शीय, मालविकाग्निमित्र, रघुवंश, कुमार संभवजस्ता महाकाव्य रचना गरे । साहित्य, अलङ्कार र व्याकरणका साथै ज्योतिष शास्त्रका प्रकाण्ड विद्वान भए । उनले नाटक ग्रन्थ पनि रचना गरे । ऋतुसंहार, मेघदूत, कुमारसंभव र रघुवंश काव्य ग्रन्थ हुन् । अभिज्ञान, शाकुन्तलम्, विक्रमोवर्शीय, मालविकाग्निमित्र भने नाटक हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित