दैलेख । दैलेखमा दिगो विकासको लागि आवश्यक योजनामा एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको सरोकारवालाले बताएका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजनामा गरिएको विकास लागि संवाद अन्र्तक्रिया कार्यक्रमममा आर्थिक, भौतिक र सामाजिक विकासको लागि प्राथमिकताका आधारमा अघि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।
गौरवका योजनाहरुलाई पहिलो प्राथमिकतामा राख्नको लागि सबैले एकताबद्ध भएर अघि बढ्नुपर्ने दैलेखका प्रमुख जिल्ला खिमराज भुषाल बताए। जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजनामा विकास लागि संवाद अन्र्तक्रिया कार्यक्रमममा उनले जिल्लामा भएको समस्या समाधान गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । जिल्लामा काम भनेजस्तो काम नभएको गुनासो गरे । उनले तिनै तहका सरकारले समन्वयको कमी भएको समेत बताए । जिल्लाको विकासका लागि सम्पूर्ण राजनीतिक दलले १५ बुदेँ प्रतिबद्धता समेत गरिएको उनले राजधानीलाई बताए ।गलत काम गर्ने कर्मचारीलाई कारबाही समेत गरिने जानकारी दिए ।
जिल्ला समन्वय समितीका उप प्रमुख केशवबहादुर शाहीले दैलेख जिल्लाका विकासका काममा सबै लाग्नुपर्ने बताए । पावर पहुँचका आधारमा आएको योजना समेत लथालिङ्ग भएको उनले आरोप लगाए । गौरवका योजनाहरुलाई पहिलो प्राथमिकतामा राख्नको लागि सबैले एकताबद्ध भएर अघि बढ्नुपर्ने उनीहरुको भनाई छ ।
विकास निर्माणका भने जस्तो काम नभए पनि केही परिवर्तन भएको प्रदेश सभा सदस्य घनश्याम भण्डारीले बताए । उनले जिल्लामा भनेजस्तै काम भएको विकास निर्माणका काममा समेत अवरोध गरेको गुनासो गरे।उनले कर्णाली प्रदेश सरकारले भनेजस्तो काम नगरेको आरोप लगाए ।
नेकपा एमालेका कर्णाली प्रदेशका उपसचिब रवीन्द्रराज शर्मा विकास निर्माणका काममा तिनै तहका सरकारको समन्वय कमि भएको गुनासो गरे ।स्थानीय तहले राजनीतिक दल संग समन्वय नगरेको गुनासो गरे।अन्तर पलिका समन्वय समेत नभएको उनले बताए ।
यस्तै पूर्व सबिधान सभा सदस्य लक्ष्मी पोखरेल निर्माण व्यवसायीले भनेजस्तो काम नगरेको बताए ।उनले निर्माण व्यवसायीले काम नगर्दा सर्वसाधारणले हैरानी खेप्नुपरेकोे गुनासो गरे।पंचकोशी क्षेत्रलाई चिनाउन सबैले अवाज उठाउनुपर्ने बताए। प्रचारप्रसार गर्न सके नेपालकै पहिलो तिर्थस्थलका रुपमा चिनिने भएकाले प्रचार प्रसारको कमि भएको उनले जानकारी दिए ।
जिल्लाको विकासमा सबैले महत्त्वपूर्ण भूमिका निभाउनु भएको कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालयका माननिय मन्त्री कृष्णकुमार बिसीले बताए । उनले स्थानीय तह, प्रदेश, संघ सरकारले भनेजस्तो काम नगरेको स्वीकारे ।उनले जिल्लामा गरिएको यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्भाह गरेको उनले जानकारी दिए।सम्रग विकासको लागि सबै राजनीतिक दल लाग्नुपर्ने बताए ।
प्रतिनिधि सभा सदस्य अमर बहादुर थापाले यो संवाद महत्वपुर्ण भएको बताए। उनले दैलेख जिल्लाको विकासको लागि सबै लाग्नुपर्ने जानकारी दिए।उनले पलान अनुसार काम गर्नुपर्ने बताए । हामीले भोटको लागि सस्तो राजनीति गरेको आरोप लगाए।उनले सबैले सोच परिवर्तन गर्नुपर्ने विकाशमा काममा एकता हुनुपर्ने जोड दिए।उनले स्थानीय सरकारले भनेजस्तो काम नगरेको गुनासो गरे ।