दयाहाङ र मिरुनाको अनुपस्थितिमै रंगेलीको ट्रेलर आयो

काठमाडौं । मुख्य अभिनेता अभिनेत्री दयाहाङ राई र मिरुना मगरको अनुपस्थितिमै चलचित्र रंगेलीको ट्रेलर बुधबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । दयाहाङ र मिरुना यतिबेला चलचित्र घरज्वाइँको छायांकनमा पश्चिम रुकुममा छन् । सोही कारण उनीहरूबिना नै यो चलचित्रको ट्रेलर रिलिज गर्नुपरेको निर्देशक अर्जुन सुवेदीले कार्यक्रममा बताए ।

‘यति ठूलो कार्यक्रममा उहाँहरू उपस्थिति हुनुपर्ने नै थियो । तर, रुकुमबाट आउन र फेरि त्यहाँ जान चार दिन लाग्ने भएका कारण उहाँहरूलाई उपस्थित गराउन हामी असमर्थ रह्यौं,’ यसका कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले भने ।

यो चलचित्रको करिब ३ मिनटको ट्रेलर बुधबार ओएसआर डिजिटल युट्युब च्यानलबाट पनि सार्वजनिक गरिएको छ । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतको प्रमुख भूमिका छ ।

मूलतः नेपाल भारतको सीमा क्षेत्रमा हुने अपराध तथा तस्करीको कथा यो चलचित्रमा रहेको ट्रेलरमा उल्लेख छ । रंगेलीको ट्रेलरमा अभिनेता दयाहाङ राईलाई पैसाका लागि रंगेलीमा रहेर अपहरण, लुट, तस्करीजस्ता अपराध गरेको देखाइएको छ । उनको पत्नीका रूपमा मिरुना छिन् । फिल्मको मुख्य कथा डर र शक्तिको खेलमा केन्द्रित रहेको ट्रेलरबाट जनाइएको छ । ट्रेलरमा ग्याङ फाइट, अपराधिक गतिविधि र मुटु सिरिंग बनाउने द्वन्द्व समेटिएको छ । जसमा राजनीति चलखेल र त्यसको असरलाई पनि हेर्न पाइन्छ ।

ट्रेलर रिलिज समोरोहमा बोल्दै यसका लेखक तथा निर्देशक अर्जुन सुवेदीले भने, ‘प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर यो चलचित्र बनाएका छौं । रंगेलीको कथा तराईको सीमाक्षेत्रमा हुने आपराधिक गतिविधिमा केन्द्रित छ ।’ आफू मोरङको रंगेली निवासी भएको र त्यहाँ सीमाक्षेत्रमा आफूले देख्दै आएका आपराधिक घटनालाई कथा बनेर सिनेमामा ढालेको उनको कथन छ ।

यो चलचित्रका अर्का अभिनेता प्रवीण खतिवडाले चलचित्र बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै अपराध नियन्त्रण गर्न प्रहरीको कर्तव्य र दायित्व’bout आफ्नो भूमिकाले प्रकाश पार्ने जिकिर गरे । अभिनेता रुपेश झाले रंगेलीले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए ।

रंगेलीलाई निर्देशक अर्जुन सुवेदीले नै लेखेका हुन् । यसका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ । जसमा छायाकार सुशन प्रजापति छन् ।

निर्माता संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिवशंकर चौलागाईँ सहनिर्माता हुन् । विवेक खड्का (योलो) एसोसियट निर्माता हुन् । चलचित्रका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुजजंग थापा हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा र रुरु क्षेत्रमा मतगणना अनिश्चित