प्रधानमन्त्री मोदीको मुस्कान अभियानमा बलिउडकर्मी

मुम्बई । बलिउड अभिनेता अभिनेत्रीहरूले यतिबेला आफ्नो सामाजिक सञ्जालको एकाउन्टमा मुस्कानयुक्त फोटो साझेदारी गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्कान अभियानलाई साथ दिन आफूहरूले यस्तो गरेको उनीहरूको कथन छ ।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेपछि देश लकडाउनमा छ । सबै घरभित्र बन्द अवस्थामा छन् । यस्तो बेलामा प्रधानमन्त्री मोदीले ‘फेरि मुस्काउनेछ इन्डिया, फेरि जित्नेछ इन्डिया’ भनेर लेख्दै सबैलाई मुस्कुराउन आह्वान गरेका छन् । उनले मुस्कुराउनेछ भारत भन्दै यस्तो अनुरोध गरेका हुन् ।

प्रधानमन्त्रीको यही अनुरोधलाई सार्थक तुल्याउन बलिउड कलाकारले सामाजिक सञ्जालमा मुस्कानयुक्त तस्बिर सेयर गर्दै सबैलाई मुस्कुराउन अनुरोध गरेका हुन् । बलिउड अभिनेता अक्षय कुमारले प्रधानमन्त्री मोदीको यो सकारात्मक सोचको प्रशंसा गर्दै मुस्कान युक्त तस्बिर सामाजिक सञ्जालमा प्रस्तुत गरेका छन् ।

बलिउडका कलाकारले सबैलाई मुस्कुराउनका लागि एउटा भिडियो नै बनाएका छन् । मुस्कान अभियानमा भिडियोमा अक्षय कुमारसँगै टाइगर श्राफ, तापसी पन्नु, विक्की कौशल, भूमि पेडनेकर, कार्तिक आर्यन, कृति सैनन, आयुष्मान खुराना, किराया आडवाणी, राजकुमार राव, सिद्धार्थ मलहोत्रा, शिखर धवन, अनन्या पान्डे, जैकी भगनानी, अलाया एफ, रकुलप्रित सिंहजस्ता कलाकारले साथ दिएका छन् ।

यी कलाकारले आफ्नो सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीको मुस्कान अभियानलाई समर्थन गर्दै सो भिडियो सेयर गरेका छन् । उनीहरूले मुस्कान युक्त तस्बिर पनि प्रस्तुत गरेका छन् । प्रधानमन्त्री मोदीको अभियानलाई कलाकारले साथ दिएपछि भारतीयले पनि आफ्ना मुस्कान युक्त तस्बिर सामाजिक सञ्जालमा प्रस्तुत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी