सूर्य सुवेदीको जीवनी विश्वमन्चमा नेपालीको सफलता भएको प्रधानमन्त्रीको कथन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान काठमाडौंमा आयोजित एक समारोहमा प्रा. सूर्य सुवेदीको पुस्तक महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्मु पुस्तक बिमोचन गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भन्े, ‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् ।’ त्यसको उदाहरण डा. सूर्य सुवेदी भएको दाहालले बताए ।

प्रधानमन्त्री दाहालले भने्,‘प्रा. डा. सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धिसम्झौताहरूको पुनरावलोकन’bout मैले सहयोग मागेको थिएँ । उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो ।’ उनले थपे,‘पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले नै लागू पनि ग¥यौँ । १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित हुनुमा प्राध्यापक सुवेदीको हात छ ।’ यो पुस्तकबाट पाठकले धेरैकुरा सिक्न र बुझ्न सक्ने पनि प्रधानमन्त्री दाहालले बताए ।

लोकार्पणमा प्रा.डा. सूर्य सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेप समेटेको जानकारी गराए ।

पुस्तक’bout पूर्वमन्त्री एवम् पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले ु;प्राध्यापक सूर्य सुवेदीको जीवनी युवापुस्ताका लागि प्रेरक रहेको बताए । त्यस्तै पुस्तक’bout बोल्दै पूर्व उपसभामुख पुष्पा भूसाल गौतमले भने,‘प्रा सूय सुवेदीको अबको योगदान नेपालको कानूनलाई संस्थागत गर्दै अगाडि बढाउनमा हुनुपर्छ ।’

सूर्य सुवेदीको जीवनीलाई पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलले लेखेका हुन् । कार्यक्रममा उनीहरुले पुस्तक लेखाईको अनुभव सुनाए । पुस्तक लेख्दा सुवेदीलाई नजिकबाट चिन्न पाएको उनीहरुको कथन थियो ।

पुस्तक प्रकाशन’bout बुकहिलका अध्यक्ष भुपेन्द्र खड्काले कार्यक्रममा प्रकाश पारे । बुकहिलले पेपरब्याक संस्करणमा प्रकाशन गरेको पुस्तकको मूल्य ८०० रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमाल ७ हजार मतले अगाडी