शिक्षक नियुक्ति र प्रशासनिक काममा हस्तक्षेप भयो : सभापति पौडेल

दैलेख । नेपाल शिक्षक संघका केन्द्रीय सभापति राजेन्द्रप्रसाद पौडेलले स्थानीय सरकारहरुले शिक्षा क्षेत्रलाई नियन्त्रणमा राख्ने र शिक्षक नियुक्तिमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । शनिबार दैलेखमा भएको नेपाल शिक्षक संघको ११ औं प्रतिनिधीसभा कार्यक्रममा बोल्दै पौडेलले यस्तो आरोप लगाएका हुन् ।

शिक्षकहरु ऐन कानूनले तोकिएको जिम्मेवारीमा काम गरिरहेको अवस्थामा स्थानीय सरकारले शिक्षक नियुक्तिदेखि र प्रशासनिक काममा हस्तक्षेप गर्नु लोकतन्त्रमाथिको प्रहार रहेको बताए । ‘शिक्षक काम कर्तव्य पुरा गर्दा गर्दै शिक्षकको मनोबल गिराउने गरी नियन्त्रण गर्नु राम्रो होइन’, उनले भने । स्थानीय सरकाकारको काम भनेको शिक्षकको मनोबल बढाई शिक्षण पेशाप्रति उतरदात्यिव बढाउनु साटो प्रशासनिक काममा समेत हस्तक्षेप गरेकोले मनोबल खसिएको बताए ।

त्यसै गरी सोही कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति कृष्णकुमार बीसीले शिक्षकहरुलाई राजनीति पूर्वाग्रह राखेर व्यवहार गर्ने गरेको भन्दै शैक्षिक गुणस्तर सुधारका निम्ति अभिभावक र विद्यार्थीको भूमिका बढाउन सरकारका नीति कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । नेपाल शिक्षक संघका जिल्ला सभापति कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पूर्वसभापति जगतजंग थापा, नेपाल शिक्षक संघका संस्थापक जिल्ला सभापति खेमराज केसी, नेपाल महिला संघका सभापति सीता रानाले शिक्षा क्षेत्रको विकासका लागि शिक्षक संघको भूमिका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाल शिक्षक संघका कर्णाली प्रदेश अध्यक्ष इलम शाही, महासचिव मक्क बहादुर बुढा, राहत शिक्षक सवालमा प्रकाश ओली, हितान दैलेखका कनक शाही, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेजबहादुर थापा, सामाजिक विकास कार्यालयका प्रमुख झलक कोइराला लगायतले जिल्लाको शैक्षिक विकासमा सरोकारवालाहरुको सहयोग ’bout आफ्नो धारणा राखेका थिए ।

सोही कार्यक्रममा सहभागीहरुले सामाजिक विकास कार्यालयका प्रमुख झलक कोइरालाकी छोरी सिखा कोइरालाको उपचारका लागि संकलन गरिएको रु.४८ हजार १ सय ५० रुपैयाँ हस्तान्तरण गरिएको थियो । बोनम्यारो समस्याका कारण उनको काठमाडौंमा उपचार भइरहेको छ ।
नेपाल शिक्षक संघको संस्थागत विकास र शैक्षिक सवालमा छलफल गर्न विधानमा भएको व्यवस्था अनुसार प्रतिनिधिसभा कार्यक्रम गएको शनिबार सम्पन्न भएको हो । संघले अघिल्लो महिना स्थानीय तहगत प्रतिनिधिसभा छलफल गरिसकेर यस पटक जिल्ला स्तरको कार्यक्रम गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई