पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य प्रतिलिटरमै ४ रुपैयाँले बढाएको छ । सोमबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ । निगमले ढवानी लागत खर्चको आधारमा पहिलो, दास्रो र तेस्रो तीन वर्गमा गरि भिन्दा भिन्दै मुल्य तोकेर मुलुकभर इन्धन विक्री वितरणको व्यवस्था मिलाउँदै आएको छ ।

डिजेल, मट्टितेल , ग्यास र हवाइ इन्धनको यथावत

सोही व्यवस्था बमोजिम समायोजन गरिएको नयाँ मुल्य अनुसार यो भाउ तोकिएको निगमले जनाएको छ । निगम व्यवस्थापनको यो निणर्यसँगै अब तेस्रो वर्गमा पर्ने काठमाडौं उपत्यका, पोखरा र दिपालय लगायतका क्षेत्रमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । यसैगरी, दोस्रो वर्गमा रहेको सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १ सय ७४ पर्नेछ । त्यसैगरी, पहिलो वर्गमा रहेको झापाको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मुल्य प्रतिलिटर १ सय ७२ रुपैयाँ ५० पैसा पर्नेछ ।

यसपाली डिजेल, मट्टितेल, खाना पकाउने ग्लपी ग्यासर हवाई इन्धनको मूख्य भने हेरफेर नगरिएको निगमले जनाएको छ । आयल निगमका अनुसार आइतबार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्य बमोजिम पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको छ ।

यस्तै, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर अझै पनि एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै निगम सञ्चालक समितिले हाललाई यि बस्तुहरुमा मूल्य हेरफेर नगर्ने निर्णय गरेको निगमले जनाएको छ ।
यस भन्दा १५ दिन अघि पनि निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 561 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रिन्टिङ मेसिन थन्किदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवाला

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनको निर्णय : एकीकृत समाजवादी माओवादीकाे बराबर हैषियत !