पूजा पाख्रिनलाई ‘मिसेस भोग नेपाल’

काठमाडौं । बुधवार राति काठमाडौंमा आयोजित ‘मिसेस भोग नेपाल’ को उपाधि पुजा पाख्रिनले जितेकी छिन् । हाउस अफ फेसनद्वारा आयोजित सो कार्यक्रममा विभिन्न प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै उनी उपाधि जित्न सफल भएकी हुन् । प्रतियोगितामा आकृति श्रेष्ठले फस्ट रनर्स अप, मनिला लामिछानेले सेकेण्ड रनर्सअपको उपाधि जिते । यस्तै विभा बस्नेतले कमर्शियल एम्बासडरको उपाधि हाँसिल गरिन् ।

स्मिथ तामाङद्वारा कोरियोग्राफी गरिएको सो प्रतियोगितामा मेरिशा सुवालले मिसेस बोल्ड एण्ड इलिगेन्स, मिना परियारले बेस्ट स्माइल, यादिना रजकले ब्यूटि विद द पर्पस, बिकिता सुवेदीले मोस्ट डिसिप्लिन, लक्ष्मी केसीले मोस्ट इनर्जेटिक, रश्मी महर्जनले बेस्ट वाक तथा राधिका चौधरीले बेस्ट पर्सनालिटीको अवार्ड हाँसिल गरे ।

सांगीतिक प्रस्तुतिबाट प्रारम्भ भएको यो प्रतियोगिताको पहिलो सिक्वेन्समा सहभागिहरु क्याजुल वेयरमा आएर आकर्षक नृत्य प्रस्तुत गरेका थिए । आयोजक संस्था हाउस अफ फेसनकी प्रमुख ओशिमा बानुले प्रतिस्पर्धिहरुलाई प्रशिक्षणको पहिलो दिनदेखि नै गरिएको मूल्यांकनको आधारमा विजेता तथा उपविजेताको छनोट गरिएको बताईन् ।

प्रशिक्षणकै क्रममा उनीहरुले चलचित्र अभिनेता सुनिल थापा, अभिनेत्री एलिजा गौतम लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्दै उनीहरुका अनुभवहरु सुन्ने अवसर पाएका थिए । आयोजक हाउस अफ फेसनले यो समारोहमा भव्यता, शैली तथा महिला सशक्तिकरणलाई उत्सवको रुपमा मनाएको जनाएको, जसले नेपालको फेसन परिदृश्यमा अमिट छाप छोडेको आयोजक बानुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?