नेकपा एमाले स्याङ्जामा गैह्रेको ह्याट्रिक

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा पुन सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । गैह्रेको अध्यक्ष हुने यात्रा यो तेस्रो पटक हो । यसभन्दा अगाडी एमाले—माओवादीको एकिकरणमा नेकपाको अध्यक्ष हुन सफल भएका थिए ।

उक्त सफलतापछि उनी लगातार नेकपा एमाले स्याङ्जाको अध्यक्ष बनेर ह्रयाट्रीक गरेका छन् । दुईबर्ष अगाडी नेकपा एमालेको आठौ जिल्ला अधिवेसनमा निर्वाचन लडेर अध्यक्ष बनेका गैह्रे नवौ अधिवेसनमा सर्वसहमतिमा अध्यक्षमा निर्वाचित बनेका हुन् ।

यसैगरी नेकपा एमाले स्याङ्जाको नवौ अधिवेसनबाट उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएको नवौं अधिवेशन निर्वाचन कमिटीका संयोजक टंकप्रसाद न्यौपानेले जानकारी दिए ।

नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँचजनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा ९ हजार ५ सय ४३ पार्टी संगठित सदस्य रहेका छन् ।

नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसङ्गठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका संयोजक न्यौपानेले बताए । चैत्र २३ गते नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेर शुरु भएको जिल्ला अधिवेसन सर्वसहमतिमा जिल्ला कमिटी २५ गते राती टुङिगएको थियो । कार्यकर्ताहरुको विवादका बिच नेताहरुले जिल्ला कमिटी टुङ्ग्याएको बताइएको छ ।

नेकपा माओवादी छाडेर एमालेमा प्रवेश गरेका गैह्रेले अध्यक्ष र नेकपा समाजवादी छाडेर एमालेमा प्रवेस गरेका रामचन्द्र भट्टराई सचिवमा निर्वाचित हुन सफल भएका छन् । जसले गर्दा लामो समय एमालेमा रहेर राजनीति गरेका धेरै युवा नेताहरु बाहिरीन पुग्दा विवाद भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धरासायी : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !