सब्जी बोक्ने मिनिट्रकबाट ५४४ केजी गाँजा बरामद

सुन्दरहरैचा । धनकुटाको साँगुरीगढी गाँउपालीका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा गत आईतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो ।

गाँजा र सवारी साधन नियन्त्रणमा लिईएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । पछिल्लो केहि समय देखि कोशी प्रदेशमा बिरामी बोकेर गुड्ने एम्बुलेन्स तथा सब्जी बोक्ने गाडीहरुले धमाधम गाँजाको ओसारपसार गरिरहेका छन् । कोशीका विभिन्न जिल्लाहरुमा प्रहरीले गाँजा फडानीलाई तीब्र दिईरहेको बेला एम्बुलेन्सले गाँजा तस्करी गरेपछि प्रहरीलाई थप चुनौती बढेको छ।

प्रहरीले सुनसरी , मोरङ , झापा , धनकुटा , तेह्रथुम , संखुवासभा, सिरहा , सप्तरी लगायतका जिल्लाहरूमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान जारी राखेको बेला एम्बुलेन्सले भने गाँजा बोक्ने साधन बनिरहेकाले अब सडकमा गुड्ने सबै एम्बुलेन्सहरुलाई नियन्त्रणमा लिई कडाईका साथ चेकजाँच गर्नुपर्ने देखिन्छ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित,कसकाे कति (सूचीसहित)