लिम्बु संस्कृति बोकेर आयो मनसराको ट्रेलर

काठमाडौं । आफ्नो निर्देशनमा पहिलो सफल चलचित्र ‘जारी’ बनाएका कवि उपेन्द्र सुब्बाले आफ्नै दोश्रो निर्देशनमा नयाँ चलचित्र ‘मनसरा’ दर्शकमाझ ल्याँउन लागेका छन् । यो चलचित्रलाई उनले यही २१ बैशाखमा देशव्यापी रिलिज गर्ने भएका छन् ।

प्रदर्शनको मिति नजिकिँदै गर्दा उनले आफ्नो यो चलचित्रको ट्रेलर मँगलबार बाठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेका छन् । यो चलचित्रको ट्रेलर करिब ४ मिनेटको रहेको छ । यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई, बिप्लप प्रतिकलगायतको अभिनय रहेको छ ।

चलचित्रको ट्रेलरमा उल्लेख कथा अनुसार आफ्नी हराएकी पत्नी (मिरुना)को खोजीमा अभिनेता दयाहाङ काठमाडौंमा भौतारिएको देखाईएको छ । उनीहरुबीच पालम गाउँदै मायाँप्रीति साटासाट गरेको र एक्कासी मिरुना एक सन्तानका साथ शहरमा बसेको देखाईएको छ । त्यसबीचमा दयाहाङ र मिरुनाको सम्बन्ध देखाइएको छैन् । सुरुमा प्रेममा रहेका यी दुईको त्यसपछिको सम्बन्ध र दयाहाङको नजरमा लिम्बुनी ( मिरुना) कसरी हराईन भन्ने कौतुहलता ट्रेलरले जगाएको छ ।

बरु छिमेकी बाजे ( प्रविण)सँग मिरुनाको प्रेम सम्बन्ध र सो प्रेम सम्बन्धका कारण बाजेकी पत्नी ( मेनुका) माईत गएको कथा टे«लरमा उठान गरिएको छ । अब मिरुना अन्त्यमा कोसँग हुन्छिन भन्नेकुरा ट्रेलरमा कौतुहलता बनेको छ । बाहुन बाजे लिम्बुनीको सम्बन्धले दाम्पत्य जीवनमा ल्याएको समस्या ट्रेलरमा स्पष्ट देखाईएकोछ ।

अघिल्लो चलचित्र जारीमा जस्तैयो चलचित्रमा पनि निर्देशक उपेन्द्रले लिम्बु संस्कृतिको पालमलाई कथाबाचनमा जोडेका छन् । जारीमा जस्तै मनसरामा पनि नायक नायिकाहरुले आफ्ना कथा व्याथा पालमबाटै भनेका छन् । जसमा गायिका झुमा लिम्बुको पालम गायन एवम् सांगीतिक प्रस्तुति दह्रो बनेको ट्रेलरले जनाउँछ ।

निर्देशक उपेन्द्रकै लेखन रहेको यो चलचित्रका निर्मातामा शैलेन्द्र ध्वज कार्की हुन् । उनी यो चलचित्रका छायाँकार पनि हुन् । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

चलचित्र मनसरामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ । जसमा मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

यो चलचित्रलाई क्युएफएस सिनेमा चेनको वितरक संस्था एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ भने क्यूएफएक्स आफैं हल पार्टनर पनि रहेको छ ।

चलचित्र जारीले नेपालमा २०८० सालमा रिलिज भएको चलचित्रहरुको ( हालसम्मको आँकडा अनुसार) सबैभन्दा बढी १७ करोड रुपैयाँको व्यापार नेपालबाट गरेको थियो । यो चलचित्रबाट पनि त्यो भन्दा राम्रो व्यापार हुने आशा आफुहरुले गरेको यो चलचित्रका वितरक नकिम उद्धिनले बताए ।

चलचित्रका निर्देशक उपेन्द्र सुब्बाले ट्रेलर रिलिज कार्यक्रममा भने,‘मैले आफ्नो हिसाबले राम्रो बनाउने कोशिस गरेको छु । मलाई जारी ठिकै बनाएँ जस्तो लागेको भए पनि दर्शकहरुलाई साह्रै मन पराएकाले त्यो भन्दा मनसरा अझ राम्रो पो बनाएँकी जस्तो लागेको छ ।’ यसलाई आफुले दर्शकको जिम्मामा छाडेको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नगर प्रमुख आचार्यको घोषणा : ईश्वरपुरमा रंगशाला निर्माण हुने