लमजुङ । आठौं लमजुङ महोत्सवको अन्तिम दिन चर्चित गायिका शान्तीश्री परियारको विशेष प्रस्तुतिले उनी आफूमात्र नाचिनन्, अतिथि गण एवम् दर्शकहरूलाई समेत नचनाइन् । उनकै सांगीतिक प्रस्तुतिका कारणले ४ बजे गरिने भनिएको महोत्सवको समापन समारोह छ बजेका लागि सारिएको थियो । समापन कार्यक्रम पछि पनि राती ९ बजेसम्म महोत्सवका दर्शकहरू उनीसँगै रमाउँदै मनोरञ्जन लिएका थिए ।
आफूमात्र नाचिनन्, अतिथि गणका साथ दर्शकलाई समेत नचनाइन्
उनले बहुचर्चित ‘अरेली काँडैले च्याँस्सै, च्याँस्सै’ बोलको गीत दर्शकहरूको आग्रहमा दोहो¥याएर गाएकी थिइन् ।
उनले ‘हिजो राती सपनीमा चुम्बन गरे …. ’, मालीगाईलाई बाँधेको दाम्ला …. , नजिस्क्याउ है मारिदिम्ला …. , कुरा बुझ्नु पर्छ …….. , ‘खोली तारी देउन माझी दाइ ……. ’ लगायतका पौने दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन् । लमजुङले यति धेरै माया गर्ने रहेछ, यसअघिका दिनहरूमा आफूले यहाँ नआएर गल्ती गरेको भन्दै उनले पछुतो समेत मानेकी थिइन् ।
१३ दिवसीय आठौं लमजुङ महोत्सवको अन्तिम दिन बुधबार चर्चित राष्ट्रिय गायिका शान्ती श्री परियारको पालो परेको थियो । उनी दिउँसो २ः३० बजे स्टेजमा चढेकी थिइन् । उनलाई देखेपछि थप उत्साहित भएका दर्शकहरूलाई मनोरञ्जन दिन आफ्नो प्रतीभा देखाउन स्टेज चढेका गायक÷गायिका तथा नृत्यांगनाहरूले उनकै गीत गाउने तथा उनकै गीतमा नाच्ने गरेका थिए ।

शान्तीश्रीको प्रस्तुतिमा समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य एवम् महोत्सवको आयोजक लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् सल्लाहकार भेषबहादुर पौडेल, विशेष अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, प्रहरी प्रमुख प्रहरी नयाव निरीक्षक मीनबहादुर गुरुङ लागयत तीनवटै सुरक्षा निकायका प्रमुखहरू, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुखहरू लगायतका सहभागीहरू रमाउँदै नाचेको आयोजक संस्थाका पूर्वअध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
आयोजकले हिउँदो ३ः४५ बजेबाट टिकट खुला गर्ने भनेकोमा साँझ ५ः१५ बजेसम्म पनि दर्शकहरू उनको गीत सुन्नका लागि टिकट किनेर कार्यक्रम स्थलमा छिरिहेको आयोजक सस्थाका सचिव विपिन श्रेष्ठले बताए । उनका अनुसार दर्शकहरूको यति धेरे आकर्षण र भिड जम्मा हुन्छ भन्ने अनुमानसम्म पनि गरेका थिएनौं ।
चैत २३ गते उदघाटन गरिएको महोत्सव ११ दिवसीय हुने तय गरिएको थियो । तर पछि दुई दिन थप गरी १३ दिवसीय बनाइयो । राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गरेको सो महोत्सवमा २०१ स्टल राखिएका थिए ।






