लोकतन्त्र दिवस कि लोभतन्त्र दिवस ?

वैशाख ११ खासमा लोकतन्त्र दिवस भनिनु पर्ने हो तर भइराखेको छैन । त्यसो त दिवसहरु हाम्रा खोक्रा नारा भएका छन् । अख्तियार अनुसन्धान दिवस मनाइरहँदा सुशासनको अभाव, रोजगार दिवस मनाइरहँदा वेरोजगारको चाँग आउने गरेको छ । देशले धर्म, संस्कृति दिवस मनाउन जानेको छैन बरु समयमा चुनाव चाहिँ हुनै पर्छ र प्रजातन्त्र र निर्वाचन दिवस पनि मनाइँदैछ देशैभरि फागुन ७ गतेका दिन । अब धर्म दिवस भनी कुनै बेला मानियो भने पापको ओइरो देखिने पक्कै छ देशमा, कारण भनिन्छ एक र गरिन्छ अर्कै । वि सं २००७ मा प्रजातन्त्र आएको भनिरहँदा शहीद कम थिए, जो थिए पाका शहीद दिए, अब त आला काँचा शहीद साँढे सत्र हजार पुग्न लाग्दा प्रजातन्त्र पनि झन् झन् कमजोर भएको महसूुस भइरहेको छ ।

प्रजातन्त्रको परिभाषा गर्ने लिँकनले डेमोक्रेसी अप्m द पार्टी, बाई द पार्टी अनि फर द पार्टी भनेनछन्, भन्न छुटाएछन् । जनता सार्वभौम भनिरहँदा तिनको घोर अपमान गर्दै खाडी धकेल्ने नेपाली लोकतन्त्रलाई जति सरापे पनि कम हुने भएको छ यो देशमा । उद्योग कलकारखानामा रोजगारी सिर्जना नगर्ने, भूmठो बजेट भाषणमा हरेक वर्ष दुई लाखलाई रोजगारी दिने भन्ने अनि चुनावको उपल्लो तह प्रधानमन्त्रीलाई पनि रोजगार कार्यक्रममा राखेर प्रधानमन्त्री रोजगार भन्ने अनि विना लागनीको हजारौँ आफन्तलाई रोजगारी दिने गरी चुनाव मात्रै गराइरहने चुनाव दिवस कहीँ नभएको जात्रा देखिन्छ यहीँ । २ सय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन्, निमित्तले चलाइराखेका छन्, निजामती विधेयक पेश हुनासाथ संसद बन् हुने हाम्रो इतिहासमा न शिक्षा ऐन न अर, दर्जनौँ विधेयक अलपत्र पार्दै कसैको बहाना बाजीमै संसद अधिवेशनको अन्त्य हुन्छ । पास हुने भनेको बजेट मात्रै हो देशमा, त्यो पनि ऋणै ऋणको । अस्ति चैत्र मसान्तसम्मको ऋणको सूची हेर्दा २३ खर्ब ८५ अर्ब ७९ करोड पुगेछ, बस् लोकतन्त्रले गरेको ठूलो प्रगति यही हो र खर्चिलो गणतन्त्र र भद्दा संघीयता उधारोमा चलाइदिएका छन् विदेशीहरुले ।

धर्तीले नेतृत्व जन्माउँछ पक्कै, संसारमा हिटलर, मुसोलिनीहरु पनि जन्मिए । पछिल्लो कार्यकालमा त टृम्प पनि उदाए, भइरहन्छ यो प्रक्रिया । सत्य युगमा हिरण्याक्ष, हिरण्यकशिपु, त्रेतामा रावण, द्दापरमा कंसहरु पनि आए । कलिमा लोकतन्त्रको मखुण्डो भिरेर धेरै आए नेताहरु, तर माक्र्स, लेनिन, माओ, गान्धी, लि क्वान, महाथिर जस्ता धेरै कम आए, फेरि जन्मेनन् तर यिनै नेताका नाममा लोभतन्त्र भने भजाइउकोे छ हाम्रो देशमा । गन्धा र फोहोरी राजनैतिक खेल यहाँ मात्रै होइन दक्षिण एसियामा अन्यत्र पनि नखेलिएको होइन, श्रीलंका, पाकिस्तानमा पनि धेरै देखिएको होे । नजीकको उत्तरप्रदेश अथवा भनौँ सिँगो भारतले तिलस्मी नेता दियो जसले भारतलाई एकै दशकमा समृद्धिको यात्रामा अब्बल साबित गराइसकेको छ । गेरुबस्त्रधारी योगी आदित्यहरु र तिलस्मी नेतृत्व मोदीलाई पाएको भारतले अर्को निर्वाचन गर्दैछ अहिले । यस्तै नेतृत्वको पुस्तान्तरण हुने क्रममै दिल्लीका केजरीवाल लगायतले दिल्ली, पन्जावमा धारा, बत्तीको पैसा तिर्नु नपर्ने बनाए तर उनी जेलमा छन् अहिले ।

हाम्रो लोकतन्त्रले बूढानीलकण्ठबाट आशीर्वाद पाउनुपर्छ, नभए बालकोट या खुमल्टारबाट त पक्कै पाउनैपर्छ

काठमाडौँमा हाम्रा भिनाले यस्तै घोषणा गरे बालुवाटार बसेर, काठमाडौँँको साँचो लिने सालाभाइले पनि उही वक्तव्य दिए तर हात लाग्यो शून्य । हाम्रो देशको दल राजनीति र चुनाव परिबारमा सिमित भयो, अपरिबारमा आएका बालेनलाई धरहराको फेदले सराप्न लागेको थियो, धेरैले उनलाई डोजर युवा भन्ने गरेका छन् । हाम्रो लोकतन्त्रले बूढानीलकण्ठबाट आशीर्वाद प्राप्त हुनु पर्छ, नभए बालकोट या खुमल्टारबाट त पक्कै पाउनै पर्छ, अन्यथा लोकतन्त्र अपरिपक्व हुन्छ, संधै शिशु हुन्छ, ३४ वर्ष सम्म शिशु नै रहने हाम्रो लोकतन्त्रलाई भोगतन्त्र र प्रजातन्त्रलाई पर पर जा है तन्त्र भन्न लागिएको धेरै भइसकेको छ । सडकमा चिच्याउनेलाई माइतीघर मात्रै होइन सबैतिर लगभग निषेध नै छ, एक जनाको त अस्ति मात्रै रामनाम सत्य भयो रे, अचम्म रवि शासनको गृहको पनि आँखा हुँदोरहेनछ । उहिले टुँडिखेलमा उफ्रेर आएको प्रजातन्त्र लोभतन्त्रमै गणतन्त्र आएपछि भोटे ताल्चा लाग्यो । चुनावबाट आएका हर्क पनि पूर्वतिर ढुँगा र पाइप बोक्दै हैरानमा छन्, पश्चिमका हमाल देखि बालेन, हर्कहरु राष्टिृयसभामा पाइलै टेक्न गएनन् । अदालतले नउल्ट्यिाएको हो भने झापाली नेतालाई गिरीबन्धुहरु कति आशीर्वाद दिन्थे । ४० अर्ब अब कताबाट मिलाउने हो हालत खराब भइसक्यो ।

लोभतन्त्रका पहरेदारहरुलाई गोकर्ण रिसोर्ट, ललिता निबास, बाँसबारीको जग्गा त सामान्य हो, नक्कली भूटानी नेपालमा आएर शरणार्थी सक्कली हुने केसमा । आशीर्वाद बिना हर्कबालेनहमालहरु कतै नानीमैयाँ बा पि एल सिँह पो हुने हुन् कि, एक महिने गृहको जूठो सोर्ने चितवनका रविहरुको फिर्ती सवारीकै कारण संसद अनिदो छ अहिले । किशोर थापा, रन्जु दर्शनाहरुले सन्यास लिएको काठमाडौँ हो यो । न्यूरोडमा उखरमाउलो भएको छ मुटुमाथि ढुँगा राख्दै हाँस्नु परेको छ, सवारी बन्द, ठमेलले रातभरि काम पाउने भयो अब, कपनको खोलामाथि परेको पिडा पनि छ त्यता । पार्किँगका लागि उग्राउनेहरुका लागि त चित्रगुप्तै भएर देखिए बालेन, भित्री बाटो धेरै खुलेको छैन, वडामा गयो टेर्दैनन् अध्यक्षहरु, सबै बालेनलाई थाहा पनि छैन । ।

एउटी महिलाले बालेनले जिते भृकुटीमण्डपमा खुल्ला स्तन देखाइदिने भनेकी थिइन्, सामाजिक सन्जालमा । प्रत्यक्ष चुनाव हुने हो भने बालेन र रविले अठ्ठा जोकर बनाइदिन सक्छन् अहिले, धेरैको मुखमा आउने गरेको छ, पूर्वका प्रसाइँसंग कति हाँस्नु । दौरा लाउँदा रािष्टृय पोशाक यसकारण हुन्थ्यो कि त्यसमा बगली शून्य । बगली शून्य भएको दौरा सुरुवाल किन लाउने भनेर नयाँ लोकतन्त्रले त्यसलाई प्रयोग गर्नै छोडिदियो, अनि विदेशी मोडेलको मनिलाउन्डिृग आयो । चुनावबाट सेलिव्रेटीका रुपमा उदाएका कसैले शहरलाई युक्रेन पो बनाउलान् पनि भने जेलेन्स्कीले जस्तै, तर लण्डन सहरकोे साँचो लिनेले केही समयपछि नै सत्ता लिएको बिर्से तिन्ले । गर्भाधानमै भ्रुण हत्या नगरे नेपाली आमाले एकदिन साँचो जंगबहादुरको जन्म दिनेछिन् पक्कै । अहिलेसम्म ३४ वर्षमा देशलाई भूmटा आश्वासन दिनेलाई केही आशीर्वाद पक्कै देलिन् तिन्ले । संसारमा तन्नम भूटान समेत नेपालको निर्यातक छ र उसैसंग व्यापारघाटामा छ यो, अब यो देश केवल सगरमाथाले चिन्ने कि अप्राकृतिक गठबन्धन र समीकरणले अनि विप्रेषणको धनीको नामले, या संसारकै गरिव देशमा संसारकै धेरै सरकारको नामले । हँसिया हथौडा गएर रखमा, रुखले हँसिया हथौडामा, हलो गएर सूर्यमा भोट हाल्ने, दल विहीन लोकतन्त्रको नामले पनि चिनिएकै छ । अब फेरि परिवर्तनकारी एक गोलबन्ध हुनु पर्छ भनेर फलाक्दै हिँड्न थाल्नुभएको छ हाम्रा लोकतन्त्रका सम्बाहकहरु । संसारकै भिक्षार्थी देश विदेशी अनुदान र ऋणले बोकिएको छ, आन्तरिक त अभैm धेरै छ ऋण । चुच्चे नक्सा विदेशतिरबाट बुच्चे देखिन्छ ।

वरिपरिको परिवेश हेर्दा धेरै देश समृद्ध भइसके, हामी अरुले तोकेको चामलको कोटामा छौँ

जुन चुनावमा आप्mनै निर्वाचनक्षेत्रमा नेताहरु हार खान्छन्, पूर्व प्रम भइसकेका झलनाथ हुन्, गृह मन्त्री भइसकेका सिटौलाहरु्, बालकोट बसेका ओलीहरु आप्mनै भोटमा विजय छैनन् प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने प्रणाली देशमा आयो भने के गर्छन् होला यिनले, केवल साँठ गाँठ, लेनदेन, गठजोड, सिट साटासाट गरेर आप्mनो पद जोगाएका छन् । अनि तल्लो सदनमा हारियो भने माथिल्लो लिस्नो भेटिने प्रजातन्त्र छ हामीकहाँ । सात दशकमा ७ थान संविधान दिएर देशलाई धूलो चटाउने देश हो हाम्रो, सबैभन्दा खर्चिलो संविधानमा चालु छ अहिले र जनतालाई भेडा बनाउँदै बाहिर खेद्दै छ । नेताहरुले अतीतको इतिहासले सिकेका छैनन््, तिलस्मी नेतृत्व आउँदा नाक खुम्च्याउछन् । काठमाडौँको फोहोर यथावत राख्न चाहन्छन् र काकाकुले शुष्क घाँटी पनि, मेलम्ची त आउनै दिँदैनन्, अब कहिले आकासमा बादल देखिन्छ त्यसको मुहानमा गएर ताल्चा लगाइहाल्छन् । यहाँको एयर क्वालिटीमा सुधार आएको हेर्न चाहन्नन्, सडक जाम नभएको पनि । करको भारी बोकाउने प्रजातन्त्रले सेवा प्रवाह र शासकीय सुधार देखाएको खोइ त ? स्मरण होस् एसियामा कतिपय नेतृत्व पद्धति र प्रणालीबाट आएको छैन । हेलिकप्टर, महँगा गाडी, सुरक्षाको ताँती, छोरी जिताउन नसके दूर्घटना गराइदिन्छु भन्ने, विरासत बिर्सिसकेकालाई टिकट दिने, नयाँ अनुहार आउनै नदिने बहुतै सिमा नाघेको अबस्थामा छ देश र तिलस्मी नेतृत्व खोजेको छ, मातृभूमिले ।

वरिपरिको परिवेश पनि हेर्न जरुरी छ, कैयन देश समृद्ध भइसके, हामी अरुले तोकेको चामलको कोटामा छौँ । विश्वव्यापी विकासको साझेदार बन्ने सह अस्तित्वमा विश्वास गर्दै आप्mनो र सकेसम्म अरुको भलो चाहँदै अगाडि बढेको देखिन्छ उत्तरको छिमेकी । विश्वमा औद्योगिकक्षेत्रमा उसले गरेको प्रगति उल्लेखनीय छ, कृषि कर्ममा भन्ने हो भने धान उत्पादनमा अब्बल छ ऊ, तीव्र जनसंख्या हँुदा पनि उसले सजिलै व्यवस्थापन गरेको छ । मलेसियामा उद्योगक्षेत्रमा १८ः३ प्रतिशत जनसंख्या संलग्न छन् ।

देश समुन्नत हुन, विश्व सामु अब्बल हुन त्यहाँको नेतृत्वकै हात रहने कुरा मलेसियाले सिकाएको छ । विश्वका राजनेताको नाममा गनिने डा. महाथिर बीन मोहम्मदले मलेसियालाई आजको मलेसिया बनाए । उनको २२ वर्षको कार्यकालमा मलेसियाले भारी प्रगति गर्यो । सन् १९२५ को डिसेम्बर २० मा मलेसियाको अलोर सेतारमा जन्मिएका बीन १९४५ देखि राजनीतिमा लागे । उनको राजनैतिक दल होमल्याण्ड फाइटर पार्टी हो । सन् १९८१ मा तत्कालीन प्र म तुन हुसेन ओनले स्वास्थ्यका कारण पद त्याग गरेपछि सन् २००६ सम्म देशको चौथो प्र म बनेका महाथिरले मलेसियालाई कायापलट नै गराए । १३ वटा प्रान्तमा विभाजित मलेसियामा ५ प्रान्तहरुमा सुल्तानी राज थियो र ती एक अर्कामा झगडा गरिरहन्थे ।

मोहम्मदले त्यहाँको संविधान संशोधन गरिदिए, संसद सदस्य हुन स्नातकको योग्यता चाहिने भयो । उनले देशमा भएको स्रोत साधनको अधिक परिचालन गराए, जल, जमिन, जँगलको प्रयोग गरे, संसारका धनाड्यहरुलाई यहाँ आकर्षित गराए, बहु राष्टिृय कम्पनीको ओइरो लाग्यो । आप्mनो उमेर ९५ वर्षसम्म शासनमा बसेका उनले देशको अर्थ व्यवस्थालाई माथि उठाए । नेपालको समेत भ्रमण गरेर उनले पारदर्शिता, सहकार्यको प्रेरणा दिए, निजीक्षेत्रसँग हातेमाले गर्न भने । सिँगापुर त्यस्तै समृद्ध छ । नेपालको सधैँ अबस्था उही रहनु पर्ने हो त भन्या ?

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

सहमतिका लागि अछाम २ मा कांग्रेसको सहजीकरण समिति