डढेलोले हरियाली भिरपाखामा कालो धब्बा

स्याङ्जा । गर्मी र हावाहुरीको समयमा धेरै आगलागी हुने गर्दछ । गर्मी मौसममा सबैतिर सुख्खा हुने भएकाले सानो आगोको झिल्कोले पनि ठुलो क्षति पुग्न सक्छ । यस्तो मौसममा सबै नागरिक सचेत हुनुपर्छ । सानो गल्तीले ठुलो क्षती व्यहोर्नुपर्ने यो समयमा सबै सचेत भएनौ भने मानवीय क्षेती समेत हुनसक्छ ।

आगलागी हुने समयमा तिनै तहका सरकारले सचेतना फैलाउनु आवश्यक मात्रै नभएर यसको न्युनिकरण तर्फ पनि केन्द्रीत् हुनुपर्ने देखिन्छ । अहिले स्याङ्जा लगायत देशका विभिन्न भागमा आगलागीका घट्ना दिनानुदिन बढ्दै जान थालेको खबरहरु आइरहेका छन् ।

स्याङ्जामा पनि यो बर्ष आगलागीका घट्नाहरु धेरै भएको तथ्याङ्कमा देखिएको छ । कतिपय घट्नाहरु त तथ्याङकमा नदेखिएका पनि होलान् । समग्रमा गर्मी मौसमा शुरुभए यता डढेलोले स्याङ्जाका हरियाली डाडाँकाडा कालो बनाईदिएको छ । डिभिजन वन कार्यालय स्याङ्जाका अनुसार झण्डै १ हजार हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा आगलागीले क्षती पु¥याएको तथ्याङ्क रहेको जनाएको छ ।

जसले गर्दा बातावरणमा दिर्घकालिन असर पर्न सक्ने अनुमान वन विज्ञहरुको छ । पछिल्लो समय गाउँबस्ती बसाईसराई हुनु र दाउराको प्रयोग नहुनुले जंगलको बिस्तार बढेको छ । जसले गर्दा बन्यजन्तुको डर बढी हुन थालेपछि मानिसहरुले आगो लगाएपछि भाग्छन् भन्ने विश्वासले वनजंगलमा आगो लगाइएको हुनसक्ने अनुमान डिभिजन वन कार्यालय स्याङ्जाको छ ।

बन्यजन्तुले पशुपंक्षी खाइदिने देखी मान्छे समेत आक्रमण गर्न थालेपछि जंगलमा आगो लगाइदिएको हुन सक्छन् भन्ने अनुमान हामीले लगाएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमर बहादुर पराजुलीले बताए ।

पहिला—पहिला मान्छेहरु बनजंगल जाने र घाँसदाउरा ल्याउने काम हुन्थ्यो सुचना अधिकारी पराजुलीले भने,‘अहिले मानिसहरु जंगल जान छाडे, जंगलमा घाँसदाउरा सुकेर लथालिङ्ग अवस्थामा छन्, जसले गर्दा सानो आगोको झिल्को लाग्ने वित्तिकै पुरै बन क्षेत्र डढेलोले सखाव बनाइदिन्छ ।’ जलनयुक्त सामाग्री सफा नगर्दा आगोले धेरै क्षती पु¥याएको छ उनले भने ।

बेला—बेलामा बन सफा गर्ने परिपाटी बसाल्न सकियो भने बन्यजन्तुको भय पनि हराउछ र आगो लाइहाल्यो भने पनि कम क्षती पु¥याउने पराजुलीको भनाई छ ।

डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी पराजुलीले दिएको तथ्याङक अनुसार स्याङ्जामा फागुन र चैत्र महिनामा गरी १ हजार १५ हेक्टर वनमा आगोले क्षती पु¥याएको छ । जस अनुसार सबैभन्दा बढी वालिङ नगरपालिकामा पु¥याएको छ भने सबैभन्दा कम बिरुवा गाउँपालिकामा पु¥याएको छ ।

कार्यालयका अनुसार हरिनास गाउँपालिकाकोे तथ्याङ्क आउन बाँकी रहेको छ । ११ ओटै पालिकाको अनुमानका आधारमा झण्डै १५ सय भन्दा बढी हेक्टर वनक्षेत्रमा डढेलोले क्षती पु¥याएको हुनसक्ने बताइएको छ । पालिका अनुसार वालिङ नगरपालिकामा २४३ पुतलीबजार नगरपालिकामा २०५, आँधीखोला गाउँपालिकामा १३९, फेदिखोला गाउँपालिकामा १०४, गल्याङ नगरपालिकामा १४०, भीरकोट नगरपालिकामा ८०, अर्जुनचौपारी गाउँपालिकामा ४७, चापाकोट नगरपालिकामा ४५, कालीगण्डकी गाउँपालिकामा १० र बिरुवा गाउँपालिकामा २.२ हेक्टर क्षेत्रफलमा डढेलोले क्षती पु¥याएको डिभिजन वन कार्यालय स्याङ्जा सगँ तथ्याङक छ ।

अहिले सम्म डढेलोले र आगजनीबाट स्याङ्जामा ४ जनाले ज्यान गुमाएका छन् भने एकजना मानिस घाइते र १४ वटा बाख्रा, २ गोठ जलेको विवरण वन कार्यालय सगँ छ । डढेलोले करोडौको क्षती मात्रै नभएर वातावरणीय प्रभावमा समेत ठुलो असर गरेको डिभिजनको भनाई छ । बेला—बेलामा विभिन्न माध्यमबाट डढेलो सम्वन्धी सचेतना अभियान फैलाइरहेको डिभिजन प्रमुख नबराज बरालले बताए ।

सामुदायिक बन उपभोक्ता, सरोकार निकाय लगायतलाई डढेलोले पार्ने असर, क्षती र प्राकृतिक सुन्तरदाता पर्ने असर सम्वन्धी सचेतना प्रदान गर्दा पनि डढेलो न्युनिकरणमा कमी आउन नसकेको बरालको भनाई छ । हरेक दिन हरेक क्षेत्रमा डढेलो लागेको खबरहरु आएपनि कसले र किन आगो लगायो भन्ने बिषयमा न बन कार्यालयले पत्ता लगाउन सकेको छ न प्रहरी प्रशासनले लगाउन सकेको छ । जसले गर्दा दिनानुदिन डढेलो लाग्नेक्रम स्याङ्जामा रोकिएको छैन ।

नेपालको कानुनले वनमा आगो लगाउन वा आगलागी हुन जाने कुनै कार्य गर्नुलाई कसुर मानिएको छ । त्यस्तो कसुर गर्नेलाई वन ऐन २०७६ को दफा ५० (४) बमोजिम विगो असुल गरी साठी हजार रुपैयाँ सम्म जरिवाना वा तीन बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्तो आयो काठमाडौंको ताजा परिणाम