Sunday, May 9, 2021
Home प्रमुख माधव नेपाल र बाबुराम भट्टराईलाई पनि कारबाही गरियोस् : प्रभु साह

माधव नेपाल र बाबुराम भट्टराईलाई पनि कारबाही गरियोस् : प्रभु साह

,

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोगाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले आपत्ति जनाएका छन् ।

सत्तारुढ नेकपा केन्द्रीय सदस्य समेत रहेका साहले आफ्नो फेसबुक पेज मार्फत आपति जाउँदै उनले अनियमितता गर्ने सबैमाथि कानून अनुसार कारवाही हुनुपर्ने माग समेत गरेका छन् ।

‘कार्यकारी अधिकार प्रधानमन्त्रीमा रहेको शासन प्रणालीमा सही वा गलत जुनसुकै कार्यको जिम्मेवारी स्वयं प्रधानमन्त्रीमा हुने कुरा स्पष्ट छ’, साहले लेखेका छन् ‘तर ललिता निवास जग्गा प्रकरणमा प्रस्तावक मन्त्री दोषी र निर्णयकर्ता प्रधानमन्त्री निर्दोष भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय हास्यास्पद छ ।’

अख्तियारको उक्त दकम न्यायपूर्ण नभएको दाबी गर्दै उनले प्रष्ट गर्दै थप लेखेका छन, ‘प्रस्तावक मात्र दोषी र निर्णयकर्ता निर्दोष, यो कहाँको न्याय हो ?’

कानुनी कमजोरीलाई हटाउन माग गर्दै अध्यक्ष साहले लेखेका लेखेका छन्, ‘हिजोको सामन्ती व्यवस्थामा राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद हो ।’ यदि संविधान र कानुन यसको बाधक हो भने यस्तो व्यवस्था नचाहिने आक्रोश समेत उनले व्यक्त गरेका छन् ।

‘सानालाई ऐन, ठुल्लालाई चयन’ कम्युनिष्ट सरकारका लागि सुहाउने विषय किमार्थ हुन् नसक्ने जनाउँदै उनले यस विषयमा सम्बन्धित सबैको ध्यान जान जरूरी रहेको उल्लेख गरेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय नेपाल र भट्टराई मुछिए पनि उनीहरूमाथि अख्तियारले मुद्दा चलाएको छैन । जग्गा फिर्ता गर्ने भएपछि नेकपा महासचिव विष्णु पौडेलमाथि पनि मुद्दा दर्ता भएको छैन ।

पौडेलको जग्गा शुक्रबार सरकारको नाममा फिर्ता भएको छ । अख्तियारले उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अहिले यही बिषयमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद अवरुद्ध गर्दै सडकमा समेत आन्दोलन गरिरहेको छ ।

(Visited 601 times, 1 visits today)
Loading comments...

आजको समाचार

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

साताका लोकप्रिय समाचार

फेरि थला प-यो शिक्षा क्षेत्र

समाजमा सबैको चिन्ता छ, फेरि कोरोना बढ्यो । लामो समयपछि लयमा आएका सामाजिक, आर्थिक, शैक्षिकलगायतका क्षेत्र फेरि धरासायी हुने भए । जीवन जोगाउन मुस्किल...

काेराेना संक्रमणबाट न्याय परिषद्का सदस्य निरालाको निधन

काठमाडाैं ।  न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

ट्रेन्डिङ

असारे बजेट खर्चमा सुधारको आवश्यकता

चालू आर्थिक वर्षको धेरै बजेट पनि असारे विकासमा सकिने भएपछि आमजनतामा यसले प्रश्न खडा गरेको छ । अघिअघि डोजर र पछिपछि भेलबाढी तथा पहिरो...

बैतडीमा समुदायमा कोरोना फैलिएको आशंका

बैतडी । बैतडीमा समुदायमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । गत मंसीरमा भारतबाट फर्केका ३२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको...

सिंगारिदै सरस्वती माता

सप्तरी, राजविराज । यहाँका मुर्ति कलाकारहरुलाई भ्याइ नभ्याइ छ । कारण बनेको छ नजिकिदै गरेको सरस्वती पुजा । सरस्वती पुजा आउन अब ५ दिन...

भरतपुर अस्पतालका प्रमुखसहित ४ चिकित्सक र एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

चितवन । कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा...

बलात्कारको आरोपमा श्रीमान र जेठाजु पक्राउ, मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार लिने धामी पक्राउ

धनगढी । कैलाली प्रहरीले बलात्कार गर्न खोजेको आरोपमा श्रीमान र जेठाजुलाई पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्न...

वुहानमा रहेका नेपालीलाई लिन ३ फागुनमा निगमको वाइडबडी चीन जाने

काठमाडौं । सरकारले चीनको वुहानस्थित कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान पठाउने गरी तयारी...

वाइचुंगले गरे घरमालिकविरुद्ध उजुरी

भारतीय फुटबल टिमका पूर्वकप्तान बाइचुंग भुटियाले पश्चिम बंगालको सिलीगुडीमा एक घरमालिकले लकडाउनको समयमा भाडामा बस्नेसँग गरेको व्यवहारको प्रहरीलाई उजुरी गरेका छन् । सिक्किमका अथिना...

सडकले दिएको सास्तीः पहिरोको जोखिमले घरै छोड्न बाध्य

रुकुमपूर्व । असार महिना लागेसँगै सिस्ने गाउँपालिका- ५ का कमल नेपालीलाई भोक निद्रा हराएको छ । घरमाथि रहेको सडकबाट पहिरो खसेर घर बगाईदिने डरले...

भारतबाट फर्केकाहरू क्वारेन्टाइनमा नबस्दा गाउँमा त्रास

दार्चुला । भारतवाट सयौं जना क्वारेन्टाइनमा नवसि गाउँमा घुमिरहेकाले ग्रामिण वस्तीमा त्रास बढेको छ । अहिले शहर बजार भन्दा पनि ग्रामीण वस्तीमा...

रौतहटमा ७ सय १५ जनाले जिते कोरोना संक्रमण

रौतहट । रौतहटका कोरोना (कोभिड १९) संक्रमित १ हजार १ सय १५ जना मध्ये ७ सय १५ जनाले कोरोना जितेर घर गएका छन् ।...

दुर्गेश थापालाई गीत चोरीको आरोप (भिडियाे लिंकसहित)

पोखरा । गायक दुर्गेश थापाले गाएको गीत चोरीको आरोप लागेपछि तालनगरी पोखरा तरंगित बनेको छ । उनको ‘बिच्च बिच्चमा–२’ नामबाट सार्वजनिक गीतमा लोककवि अली...

सगरमाथामा युवा संघको झण्डा फहराउने शेर्पाको अन्त्येष्टि

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्यष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उनको पार्थिव...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)