आजपा र समाजवादी जनएकता पार्टीबीच एकता हुँदै

काठमाडौं । आम जनता पार्टी (आजपा) र समाजवादी जनएकता पार्टी नेपाल बीच पार्टी एकीकरण हुदैछ । शनिबार काठमाडौं स्थित बुद्धनगरको क्वालिटी बैंक्युटमा पार्टी एकीकरणको घोषणा हुनेछ ।

आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले एकता पत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा गर्ने कार्यक्रम रहेको आजपा स्थायी कमिटीका सदस्य रबिन्द्र सिंहले जनाएका छन ।

पछिल्लो समय विभिन्न पार्टी परित्याग गरि आजपामा प्रवेश गर्नेको लहर चलेको छ । आजपाको नीति तथा कार्यक्रम राम्रो रहेकाले विभिन्न पार्टी परित्याग गरि नेताहरू आजपामा प्रवेश गर्नुका साथै विभिन्न पार्टीसंग एकीकरण भैइरहेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले बताए । पछिल्लो समय आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन एंव दलिय लूटतन्त्रको विरुद्धमा संघर्षका कार्यक्रम गर्दै आईरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 206 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयर गोपाल हमाल कार्यालय समयमा भेटघाट नगर्ने, बिहान सर्वसाधरणसंग भेटघाटका गर्ने