अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आगोले जलेर मृत्यु भएकी बालिकाको परिवारलाई आर्थिक सहयोग गरेको छ । सोमबार भुमिकास्थान नगरपालिका वडा नम्बर ५ असुरकोटमा आगलागी हुँदा घर भित्र रहेकी ४ वर्षिय बालिका अप्सरा बिकको मृत्यु भएको थियो ।
मृतकी आमा सपना बिकलाई घरमै पुगेर ५० हजार नगद हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताए । थप १लाख ५० हजार मृतकका परिवारलाई केही दिनमै दिने उनको भनाइ छ ।
त्यस्तै सरिता बिक, बारबहादुर बिकको परिवारलाई नगद १५ हजार, ३ थान त्रिपाल लगायतका सामाग्री पनि हस्तान्तण गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीको भनाइ छ । आगलागीबाट ४घरगोठ जलेर नष्ट भएका थिए । जसमध्ये २ घर र २ गोठ जलेका हुन ।
तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)






