बिरानो बन्दै आफ्नै गाउँ

मेरा साथी सबिन र विनोदले गाउँ छाडेको १७ वर्ष भइसक्यो । वैदेशिक रोजगारमा बिदेसिएका साथीहरू उतैउतै पो रम्न थालेका छन् । जीवन जस्तो ढर्रामा चलायो, उस्तै हुने रहेछ । म पनि गाउँमा नास्ता पसल चलाएर बसिरहेको छु । अर्धअपांगता भएकाले कहाँ जानु ? आÏना साथी हराउँदा दुःख लाग्छ । गाउँमा आफूसँगै पढेका र हुर्केका साथीहरू छैनन् । कहिलेकाहीँ सपनामा भेटिन्छन् । विपनामा त फोनमा यसो सम्झना मात्र हो ।

नेपालीको जीवन नौडाँडापारि भयो । सय जंघारपारि गयो । उहिले सात देश, सात समुद्र भन्थे । अहिले थाहा भयो । देशका डाँडा पाखा, पखेरा, गोरेटो, भन्ज्याङ र चौतारीमा मानिस देखिन छाडे । देउराली सुनसान भएको धेरै भयो । महिला दिदी बहिनी पनि बिदेसिन थालेपछि त वनपाखा रित्ता भए । नेपालीको आÏनो जीवनशैली मेटिँदै जान थाल्यो । के भनौं, अब त विदेश पस्यो नेपालीको जीवनशैली । उतै हरायो र उतै बिलायो पनि ! घर अझैं छन्, साथीसंगी छैनन् । पछि त आफूले चाहेको समाज पनि हुनेछैन । नेपाली समाज विग्रहको बाटोतिर ओरालो झरिरहेको छ ।

खेतबारी बाँझा छन् । हिसाब ग¥यो, खेती गरेको पैसा उठ्दैन । गाउँमा मर्दापर्दा मानिस छैनन् । बिरामी हुँदा हेरचाह गर्ने छैनन् । अस्पताल पु¥याउने छैनन् । बाटोघाटो उस्तै अप्ठ्यारो छ । युवा जनशक्तिले गाउँ छाडिसक्यो । बिरानो बन्दै गएको छ गाउँ ! पढेकाहरू अमेरिका, जापान, अस्ट्रेलिया र युरोप छिरिरहेका छन् । कम पढेकाहरू अरब देश र छिमेकी मुलुक भारत पुगेका छन् । बालबालिका र बूढापाका मात्र छन् गाउँमा । टाउकाको दिमाग र पाखुराको बल बिदेसिँदै छ । सिंगो देश बालआश्रम र बृद्धाश्रममा परिणत हुँदै गएको छ । आÏना दौंतरीहरू विदेशमा भौंतारिइरहेका छन् ।

उनीहरूलाई अझैसम्म मुलुकको माया छ । यसपछिका पुस्तामा त सुविधा र पहुँचका हिसाबले विदेश नै आफ्नो देश बनिसक्ने होला । मानिसलाई सामाजिक प्राणी भनिन्छ । समाज न हो, विदेश पनि त समाज हो ।

उतै भुल्लान् साथीसंगीहरू पनि ! नभए उनका छोराछोरी र सन्तान उतैका बासिन्दा र उतैका नागरिक हुने भए । जहाँ सालनाल गाड्यो, उतै सही ! बालापनमा लडिबुडी खेलेको भीर, पखेरा अब त बिर्सने दिन आए । उल्टै मलाई ‘तँ अपांग भएकाले विदेश जान पाइनस् अभागी’ पो भन्छन् । स्वदेश नछोडेर मैले नमेटिने अपराध गरेको सुनाउँछन् ।

स्वदेशको माया हराउँदै गएको छ । पहिलेपहिले बाध्यताले, पछिपछि उतैको सभ्यताले ! विदेशबाट घर फर्किएका साथीले घरमा बस्न मन लाग्छ भन्छन्, तर आर्थिक समस्याका कारण विदेशी जीवनमा आकर्षण कम छैन । दिमाग, शरीर विदेशमा तर यसो मन भने नेपालमा बाँडिएको अझैंसम्म देख्न सकिन्छ ।

उनीहरू ऋणका कुरा गरिरहन्छन् । हुन पनि नेपालीले कति ऋण बोकिरहनुपर्ने हो ? थाहा छैन । युवायुवती वैदेशिक रोजगारीका लागि दिनानुदिन वैध अवैध बाटो भएर विदेश छिररहेका छन् । बिरानो बन्दै गाउँ !
सुवास घर्ती, बुटवल

तपाइको प्रतिक्रिया
(Visited 559 times, 1 visits today)

epaper

ताजा समाचार

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार