महोत्तरी । महोत्तरीको जलेश्वरमा आईतवार प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको मधुवनी गाउँपालिका.४ कि ४५ वर्षीया सलटनी माझी मुसहर र ४८ वर्षीया पानो देवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायवउपरिक्षक माधव बुढाथोकीले बताए ।
लागुऔषध गाँजा बोकेर ज.१स.१३१२ नम्बरको टेम्पुमा चढेर मटिहानी चोकबाट बखरीचोकतिर जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले जलेश्वर १ स्थित नगरपालिकाचोकबाट जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १२ किलो गा्रम गाँजा प्रहरीले बरामद गरेका छन् ।
मकवानपुर विरगन्जबाट ल्याइएका लागुऔषध गाँजा महोत्तरी जिल्लामा विक्री हुने गरेको छ । महोत्तरी गाँजा उत्पादन र तस्करीका लागि प्रमुख नाकाको रुपमा रहेका छन् । महोत्तरीको भिठ्ठामोड बथनाहा सिस्वाकटैया खैरबन्नी रघुनाथपुर सम्सी नाकाबाट संगठित रुपमा गाँजाको तस्करी हुने गरेको छ ।






