एउटै टोलमा एघार सय गमला फूल फूलाउन अभियान

सिन्धुली । चन्द्रमुखी बहुउद्देश्यीय टोल विकास संस्था कमलामाई नगरपालिका वडा नं. ५ सिन्धुलीले आफ्नो टोललाई सुन्दर र हराभरा बनाउन एघारसय गमला निर्माण गरेको छ । टोलभरीका प्रत्येक सदस्यले १० वटा गमलामा फूल अनिवार्य फूलाउनुपर्ने गरि गमला निर्माण गरेको हो ।

टोलभरी हरिया रंगका एघार सय गमलामा फूल फूलाएर सुन्दर बनाउने र टोललाई प्लाष्टिक मुक्त बनाउने गरि बुधबार गमला हस्तान्तरण समेत गरिएको छ ।

बुधबार टोललाई सुन्दर र प्लाष्टिक रहित बनाउनका लागि टोल सौन्दर्य अभियानको सुभारम्भ गरिएको हो । टोलका सबै चोक र घरमा गमलामा फूल फुलाउने गरि उक्त अभियानको एक कार्यक्रमका बीच बुधबार सुभारम्भ गरिएको हो ।

अभियानको कमलामाई नगरपालिकाका कार्यवाहक मेयर मञ्जु देवकोटा र प्रमुख जिल्ला अधिकारी भरत खनालले संयुक्त रुपमा गमलामा फूल रोपेर सुरुवात गरेका हुन ।

टोल विकास संस्थाले कमलामाई नगरपालिका सिन्धुली, डिभिजन वन कार्यालय सिन्धुली, वन पैदावार व्यवसायी संघ तथा विभिन्न व्यक्तिहरुको सहयोगमा अभियान सुरु गरेको हो ।

अभियान सुरु गर्दै टोल विकास संस्थाले २६ वटा गमलामा टोलका चोक चोकमा फूल रोपेको छ । संस्थाले टोललाई सफा राख्न सरसफाई अभियान सुरु गरिसकेको छ । यो अभियान अन्तर्गत टोल विकास संस्थाले प्रत्येक घरलाई हरियो रंग लगाएका १० वटा गमला वितरण आजैबाट सुरु गरेको छ । गमला र २ वटा थुपी र एक वटा वेगमवेलीको विरुवा संस्थाका अध्यक्ष प्रलाद पोखरेललाई हस्तान्तरण गर्दै कार्यवाहक मेयर देवकोटाले गमला वितरणको अभियान समेत सुरु गरेकी छिन ।

असार १ गतेदेखि लागु हुने गरि टोल विकास संस्थाले संस्थाको क्षेत्र भित्र प्लाष्टिक जन्य फोहोर फाल्न नदिने र फालेमा जरिवाना समेत गर्ने उद्घोष गरेको छ ।

वातावरणमैत्री स्थानीय शासनको मापदण्ड पुरा गरि एक वर्ष भित्रमा टोललाई वातावरणमैत्री टोल निर्माण गर्ने गरि अभियान सुरु भएको संस्थाका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए ।

संस्थाका अध्यक्ष प्रलाद कुमार पोखरेलको अध्यक्षता एवम कमलामाई नगरपालिकाका कार्यवाहक मेयर मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै देवकोटाले टोलमा भएका जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको संरक्षणमा ध्यान दिन, महिला विरुद्ध हुने हिंसालाई न्युनिकरण गर्ने लगाएतका काममा समेत टोल विकास संस्थाले काम गर्न आवश्यक रहेको बताईन ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरत खनालले प्रकृति हाम्रा लागि नभई हामी प्रकृतिका लागि भएको कुरा नभुल्न सबैलाई आग्रह गरेका छन । उनले पारिस्थितिक प्रणालीलाई पुनःर्ताजकी गर्नुपर्ने, प्रदुषण नियन्त्रण गर्ने, प्लाष्टिक निशेध लगाएतका अभियान चलाउँदा भावी पुस्ताले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन । उनले वातावरणलाई सफा राख्न प्लाष्टिक नियन्त्रण र कार्वन नियन्त्रणको अभियानमा लाग्न आग्रह समेत गरेका छन ।

कार्यक्रममा बोल्दै कनपा ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्काले वडाको मुख्य क्षेत्र मधुटारलाई ‘हाम्रो मधुटार, राम्रो मधुटार’ का रुपमा वातावरणमैत्री पर्यटकीय क्षेत्र बनाउन हातेमालो गर्ने बताए । उनले मधुटारपछि वडाभर नै यो अभियानलाई बढाउँदै लाने बताए ।

कार्यक्रममा बोल्दै वन पैदावार व्यवसायी संघ सिन्धुलीका अध्यक्ष सुन्दर घिसिङले घर घरमा फूल रोपिरहँदा २, ३ वटा जडीबुटी पनि रोपिदिन आग्रह गरेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ लिए