डिजिटल सूचनामै विश्वास गर्छन् युवा

केशवराज पौडेल

काभ्रेपलाञ्चोक मण्डनदेउपुरका बिपी पौडेल स्थानीय तहसँग सबैभन्दा धेरै सूचना माग्ने युवाभित्र पर्दछन् । आफूहरुले तिरेको करले संचालन हुने स्थानीय तहले सूचना सहजै उपलब्ध नगराउँदा उनी सूचनाको हक प्रयोग गरेर सूचना लिन्छन् । तर त्यो प्रकृया सहज भने छैन । सयौं अवरोध पार गरेपछि मात्रै सूचना पाउने बाँध्यता रहेको पौडेलको अनुभव छ ।

स्थानीय तहले जनसहभागितामूलक, उत्पादनमूलक, रोजगार प्रवद्र्धन र पूर्वाधार विकास कार्यक्रममा आम युवाको अनेकौ चासो देखाएका छन् । त्यसमा समयमै सुचनाको माग उनीहरुको छ ।

स्थानीय तहले पूर्वाधार विकासमा ज्येष्ठ नागरिकलाई विश्राम गर्ने चौतारी, सामुदायिक भवन, आवासविहीनका लागि सामुदायिक भवन निर्माण, सांस्कृतिक म्युजियम र होमस्टे निर्माण गरेपनि पारदर्शी नभएकोे गुनासो युवाहरुको छ । त्यसलाई कसरी पारदर्शी बनाउन सकिन्छ भनेर युवाले बारम्बार प्रश्न पनि सोधी रहेका छन् । स्थानीय तहसँग भएका असिमित अधिकार कार्यान्वयनले मात्रै संघीयताको सफलता हुनेछ भन्ने विश्वास युवाहरुको छ ।

सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार प्रत्येक सार्वजनिक निकायले हरेक तीन महिनामा सूचना अध्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । हरेक चौमासिकमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ पनि गर्नुपर्ने ऐनमा उल्लेख छ । तर त्यसको पालना अधिकाशं स्थानीय तहले गर्दैनन् ।

श्रद्धा भुसालले आफ्नो सामाजिक संञ्जालमा स्थानीय तहले सूचना नै नदिने उल्लेख गर्नुभएको छ । उहाँले सूचना दिनेले पनि माग विपरितका सूचना दिएर झारा टार्ने गरेको बताउँदै सूचना लिन पनि धम्कीको सामना गरिरहनु पर्ने बताउनुभयो ।

कतिपय पालिकामा सूचना अधिकारीको नै सूचनामा पहुँच नभएको,राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेपछि पहिलो पटक सूचना किन नदिएको भनेर आदेश गर्ने र दोस्रो पटक सात दिनमा सूचना उपलब्ध गराउनु भनेर आदेश गर्छ । तेस्रो पटक आयोगको ठहर लेखि सात दिनको समय दिएर आदेश गर्छ र पनि सूचना नदिए पुनरावेदन उपर उजुरी अनि फेरी त्यहि प्रकृया दोहोरिने गर्दा सूचना लिने व्यक्तिमा नैराश्यता आउने गरेको छ ।

सूचना नागरिकको अधिकार भएकाले सूचनामा युवाहरुको पँहुचका ’boutमा अध्ययन र अनुशन्धान समेत हुन सकेका छैनन् । युवाहरु विकास निर्माणको नेतृत्व तहमा जान पाउँदैनन् । उनीहरुलाई प्राथमिकतामा दिइदैन ।

अनुदान, सहुलियत ऋण, व्यवसायिक सिपमुलक तालिमको ’boutमा युवाले जानकारी समयमै पाउँदैनन् । जसको कारणले स्थानीय तहले सूचना दिनलाई जिम्मेवारी प्रदान गर्न नसकेको गुनासो युवाहरुले गर्ने गरेका छन् ।

दुई बर्षदेखि गण्डकी प्रदेशको पोखरा महानगरपालिका, सुदुरपश्चिमको धनगढी उपमहानगरपालिका, बागमतीको बनेपा नगरपालिका, लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका र मधेश प्रदेशको जलेश्वर नगरपालिकामा सूचनामा युवाको पँहुचका ’boutमा अध्ययनहरु भइरहेका छन् । लोकतन्त्रमा युवा सहभागिता अन्तरगत सूचना लिने र दिनेबीचको सम्बन्धलाई प्रगाढ बनाउन प्रयास भएका छन् ।

त्यहाँका अभियानकर्मीले युवाले पाउने सूचना कसरी सहज रुपमा उपलब्ध हुन सक्छ । सूचना पाउन उहाँहरुले भोग्नु भएको समस्यासँग नागरिक समाज, सामाजिक संघ संस्था र जनप्रतिनिधीसँग नियमित रुपमा अन्तरकृया गराएर युवा र स्थानीय तहबीचको दुरीलाई कम गर्न समन्वयकारी भुमिका निर्वाह गरिरहेका छन् । यसले स्थानीय तहले पनि सकारात्मक रुपमा लिएर सुधारका लागि प्रयत्न गरिरहेका छन् ।

बनेपा नगरपालिकाको उपप्रमुख बिमला सापकोटाले अभियानले युवासँग उहाँहरुको ईच्छा,चाहनाको ’boutमा नजिकबाट बुझ्ने मौका मिलेको बताउनुभयो । युवाहरुका समस्या समाधान गराउन, उहाँहरुका चाहनाका ’boutमा योजना बनाउन, बजेट निर्माणका प्रकृयामा युवाहरुलाई सहभागी गराउन र विकास निर्माणमा प्रत्यक्ष युवालाई अनुगमनमा सहभागी गराउन कोसेढुंङ्गा सावित भएको उल्लेख गर्नुभयो ।

धेरैभन्दा धेरै युवालाई एउटै ठाउँमा भेला गराएर सूचना, विकास निर्माणका सन्र्दभमा निरन्तर रुपमा पुलको काम गरेको उहाँले उल्लेख गर्नुभयो । यसले सकारात्मक उर्जाको विकास गराएको उहाँको प्रतिक्रिया देखियो ।

गुणस्तरीय, समयसापेक्ष, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशील वातावरणको अभाव, लैंगिक, क्षेत्रीय, जातीय असमानता, तथा विश्वव्यापीकरण र उदारीकरणले ल्याएका नकारात्मक प्रभाव नेपाली युवाका व्यात छन् । बनेपा नगरपालिकामा सूचनालाई थप पारदर्शी बनाउन आफूहरु सहकार्य गरेर अभियानसँगै अघि बढेको उहाँले प्रतिबद्धता जनाउनुभयो । युवासँग कुरा गर्दा नविनतम् सोचको विकास हुने भएकाले पनि यसले जिम्मेवार स्थानीय तह बनाउन भुमिका खेलिरहेको प्रष्ट पार्नुभयो ।

बुटवल उपमहानगरपालिकामा रहेको कृयाशिल भवानीप्रसाद पाण्डेले स्थानीय तहले दिने सूचनामा युवाको सहज पँहुच विस्तारले प्रगति गरिरहेको चर्चा गर्नुभयो ।

सूचनामा युवाले कसरी पँहुच बढाउन सक्छन् भन्ने ’boutमा बुटवलमा नेतृत्व गरिरहनु भएको उहाँले युवा स्वयसेवक मार्फत युवाको चाहना, प्रश्न र सूचना बढाउन कसरी सकिन्छ भनेर दुई बर्षयता प्रयास गरिरहेको उल्लेख गर्नुभयो । प्रयासले पछिल्लो समय सार्थकता समेत पाएको र बुटवल उपमहानगरपालिकाले युवासँग समन्वय गर्ने सहमति गरेको बताउनुभयो ।

धनगढी उपमहानगरपालिकामा कार्यरत गङ्गा भण्डारीले युवामा सूचना लिने विश्वास बढेको र स्थानीय तहले पनि सूचना दिनुपर्छ भन्ने भावनाको विकास गरिरहेको उल्लेख गर्नुभयो ।

सूचनामात्रै नभएर लोकतन्त्रमा युवाको सहभागिताले विशेष भुमिका खेल्ने भएकाले हरेक बिषयमा युवा सहभागिताकाको सुनिश्चितताको ’boutमा ठोस योजना बनाउन सहयोगी भुमिका आफूहरुले खेलेको बताउनुभयो । स्थानीय तहसँगको निरन्तर समन्वयमा उहाँहरुकै सल्लाहमा युवा सहभागिताको पक्षमा जोड दिइएको उहाँको विश्लेषण छ ।

नेपालका पाँच प्रदेशमा युवाको सूचनामा कस्तो पँहुच रहेको छ भन्ने ’boutमा बृहत अध्ययन गरिरहेको एकाउन्टबिलिटी ल्यावका कार्र्यक्रम संयोजक प्रेक्षा बिमलीले लोकतन्त्रमा युवा सहभागिताको ’boutमा बृहत अध्ययन गरिरहेको जानकारी दिनुभयो ।

ल्याबले हालै गरेको अध्ययन तथा तथ्याङ्क संकलनका क्रममा युवाहरुले स्थानीय तहका डिजिटल माध्यमको प्रयोग गरेर सूचना लिने गरेको तथ्याङ्कको नजिताले देखाएको उल्लेख गर्नुभयो । सो अध्ययनमा पाँच प्रदेशमा भएको तथ्याङक संकलनमा एक हजार ५८८ युवा सहभागी हुनु भएको थियो । तथ्याङ्क संकलनमा सहभागि युवाको उमेर ४० बर्षभन्दा कम रहेको छ ।

तथ्याङ्कमा सहभागीमध्ये ५८ प्रतिशत युवाले सहजै सूचना पाउन नसकेको उल्लेख गरेका छन् । सोमध्ये ४३ प्रतिशत युवाले स्थानीय तहले प्रदान गर्ने सूचनामा आफ्नो सहज पँहुच रहेको उल्लेख गरेका छन् । ७० प्रतिशत युवालाई आफूले पाउने सूचनामा केही न केही अपुग रहेको बुझेका छन् । त्यसले सूचना लिने र दिनेबीचमा केही समस्या रहेको पुष्टि हुन्छ । ती समस्या समाधान गराउन स्थानीय तहसँग समन्वयकारी भुमिका निर्वाह गर्ने र युवाको सहभागिता के कसरी बढाउन सकिन्छ भनेर जनप्रतिनिधी, युवा र कर्मचारीसँग संवाद मार्फत योजनामा सहजीकरण गरिरहेको बिमलीले उल्लेख गर्नुभयो ।

डिजिटल सूचनामै भर
सूचना प्राप्त गर्न युवाहरुले विभिन्न स्रोतहरुको प्रयोग गर्ने गरेका छन् । सबैभन्दा धेरै प्रयोग युवाहरुले सामाजिक संञ्जालकै गर्ने गरेका छन् । पालिकाका सामाजिक संञ्जाललाई निरन्तर फलो गर्ने गरेको उनीहरुले तथ्याङ्क संकलनका क्रममा उल्लेख गरेका छन् । कुल सोधिएका प्रश्नमध्ये ४८ प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका छन् । सामाजिक संञ्जालको प्रयोगबाट युवाले धेरैभन्दा धेरै सूचना लिने गरेका छन् । नगरपालिकाको वेवसाईडबाट २९ प्रतिशत र सामाजिक संञ्जालबाट ३२ प्रतिशत युवाले सूचना लिने गरेका छन् ।

सूचना लिने भरपर्दाे माध्यमको रुपमा त्यहाँका युवाले जनप्रतिनिधीलाई पनि लिएका छन् । २२ प्रतिशत युवाले प्रत्यक्ष जनप्रतिनिधीसँगको साक्षात्कारबाट नै सूचना पाउने गरेका छन् । पत्रिकाको सूचना १८ प्रतिशत, सूचना बोर्डहरु १८ नै प्रतिशत, रेडियो १६ प्रतिशत, अन्य १० र नागरिक वडापत्र नौ प्रतिशत तथा मोबाइल एपबाट सात प्रतिशतले सूचना पाउने गरेका छन् । यसले के पुष्टि गर्छ भने अहिलेका युवाहरु डिजिटल सूचनाकै भरमा पर्नेे गरेका छन् ।

पोखरा महानगरपालिकामा युवासँग रहेर सहभागिता र सूचनामा कसरी पँहुच रहेको छ भनेर कार्यरत अञ्जु दााहालले स्थानीय तह र युवाबीच सूचनामा बृद्धि गराउन सामुहिक छलफल, टाउन हल मिटिङ गरिरहेको उल्लेख गर्नुभयो । जसको कारणले सूचना युवाले कसरी पाएका छन् । ती सूचना प्रप्यार्त छन् वा छैनन् भन्ने कुरा पत्ता लाग्ने बताउनुभयो ।

यस्ता सूचना खोज्छन् युवाले
युवाको चाहना असिमित हुन्छन् । तर स्थानीय तहसँग भने उहाँहरुको सूचनाको आकाक्षा सिमित नै छन् । रोजगार, नेतृत्वविकास र प्रशिक्षण युवाको मुख्य रोजाईको बिषय रहेको छ । कूल उत्तरदातामध्ये ४० प्रतिशत युवाले यस्तो खालको सूचनाको चाहना गरेका छन् ।

त्यसपछि शिक्षाको ’boutमा युवालाई धेरैभन्दा धेरै चासो रहेको छ । व्यवहारिक शिक्षा र तालिमका ’boutमा युवाले निक्कै चासो दिने गरेका छन् । स्थानीय तहले शिक्षालाई कसरी हेरेको छ भनेर १६ प्रतिशत युवाको चासो र चिन्ता छ ।

स्थानीय सरकारका नीति कार्यक्रम र सेवाहरुको ’boutमा युवाको खास चासो रहेको देखिएको छ । १५ प्रशितथ युवाहरु स्थानीय सरकार युवाप्रती जिम्मेवार हुनुपर्नेमा आफ्नो राय पेस गर्दछन् । बजेटको कार्यान्वयन र पादर्शितामा ध्यान पु¥याउन आवश्यक रहेको युवाको माग छ । त्यस्ता युवाको छ प्रतिशत रहेका छन् । खानेपानी, सरसफाई र फोहोर व्यवस्थापनको बिषयमा पनि युवाको खास चासो र चिन्ता रहेको छ । पुर्वाधार विकास, स्वास्थ्य, कृषि, समाजकल्याण र सामाजिक मुद्धामा युवाको चासो छ । खेलकुदमा युवाको चासो भएपनि रोजगारको तुलनामा न्यून रहेको देखिन्छ । युवाहरुले आम्दानी हुने र रोजगारका कुरालाई मुख्य प्राथमिकतामा राख्नु स्वभभाविक नै हो ।

सूचनाको पँहुचलाई कसरी सहज बनाउने ?
सूचनाको पँहुचलाई सहज बनाउने धेरै तत्वहरु रहेका छन् । सूचना सहजै पाउँदा त्यसले समग्र विकास निर्माणमा पनि सहयोग पुग्दछ भन्ने मान्यताको विकास गराउनु अहिलेको आवश्यकता हो । त्यसका लागि सूचनादाताले विशेष ध्यान पु¥याउन आवश्यक देखिन्छ । यी तत्वले सूचना पाउन सहज पारेको देखिन्छ । पाँच प्रदेशमा गरिएका अध्ययनले पनि सोही कुरालाई पुष्टि गरेको छ ।

१) सामाजिक सञ्जाल
२)चिनजान र व्यक्तीगत सम्बन्ध
३) जनप्रतिनिधीको अग्रसरता
सूचनालाई असहज बनाउने बिषयहरु पनि रहेका छन् । जसको कारणले सहज र सरल रुपमा सेवाग्राहीले सूचना पाइरहेका छैनन् । अध्ययनले सूचनाको पँहुचलाई असहज बनाउने तत्वहरु पत्ता लगाएको छ ।

१) जारी भएका सूचना प्रायः अपुर्ण र समय सापेक्ष नहुनु
२) कुन सूचना कहाँ प्राप्त गर्ने भन्ने ’bout कुनै स्पष्ट जानकारी नहुनु ।
३) सरोकारवालाहरु खुला र पारदर्शी तरिकाले सूचना प्रवाह गर्न हिच्कीचाउनु ।
४) छिटो र सहज रुपमा सूचना प्रवाह गर्ने संयन्त्र नहुनु ।

सूचनामा युवाको पँहुच कस्तो रहेको छ भनेर अध्ययन गरिरहेका राकेशप्रसाद चौधरीले मधेश प्रदेशको स्थानीय तहहरूको सूचनामा युवाको पहुँच न्यून रूपमा देखिएको उल्लेख गर्नुभयो ।

अरु प्रदेशको पालिकाहरूमा ५० प्रतिशतभन्दा बढी युवाको पहुँच स्थानीय तहको सूचनामा रहेको देखिएकोमा मधेश प्रदेशमा सो सङ्ख्या न्यून देखिएको उल्लेख गर्नुभयो ।

जलेश्वर नगरपालिकामा २९ प्रतिशत युवाको मात्रै सूचनामा पहुँच देखिएको बताउनुहुँदै सूचना दिने र लिने दुवै पक्षमा समस्या देखिएको बताउनुभयो । उहाँले जलेश्वर नगरपालिका क्षेत्रका ४५२ युवाबिच गरिएको सर्वेक्षणमा २९ प्रतिशत युवाको सूचनामा पहुँच रहे पनि ८९ प्रतिशतले कठिनाइ भोग्नुपरेको र त्यसमध्ये ५९ प्रतिशतले पर्याप्त सूचना नपाएको देखिएको बताउनुभयो ।

त्यहाँ कार्यरत अधिकारकर्मी ममता विश्वकर्माले सूचनाको लागि धेरै दिन दौडाउने, नानाभाँतीका कुरा गर्ने, दलीय र पक्षीय कुरा गर्ने जस्ता समस्याले गर्दा कतिपय युवाहरू सूचना माग्न हच्किएको जानकारी दिनुभयो ।

अन्त्यमा युवाले केही सुझाव समेत दिएका छन् । सामाजिक संञ्जालमा प्रकाशित सूचनाहरु समयसापेक्ष, पूर्ण र नियमित रुपमा अद्यावधिक भएको हुनु पर्नेमा उनीहरुको जोड रहेको छ । धेरै युवाले पहिलो प्राथमिकतामा सामाजिक संञ्जालमा आउने सूचना राख्ने गरेपनि सार्वजनिक निकायका सूचना नियमित रुपमा अद्यावधिक हुने नगरेको गुनासो रहेको छ । अझ धेरै सूचना लुक्ने गरेको पनि गुनासो रहेको छ ।

संचारकर्मी पुजन धितालले स्थानीय तहले दिने प्रचारात्मक सूचना मेलमा नै पठाउने तर अनुदान, आर्थिक बिषयमा केन्द्रीकृत रहेको सूचना पठाउन नमान्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो ।

अपाङ्गता भएका नागरिकलाई दिने सूचनामा विभेद रहेको र वितरण भएका र गरिएका सूचनालाई अपाङ्मैत्री भएको सुनिश्चित गर्न माग युवाहरुको छ । धेरै मानिसको पँहुच डिजिटल माध्यममा भएपनि अझैपनि परम्परागत माध्यमबाट सूचना लिने नागरिकको संख्या पनि धेरै नै रहेको छ । त्यसैले परम्परागत माध्यमलाई पनि छोड्न नहुने विचार युवाको छ ।

स्थानीय तहले सूचनाको अधिकार मार्फत सूचना लिन चाहनेका लागि सूचनाको हक (आरटीआइ) को प्रयोग मार्फत जानकारी प्राप्त गर्न चाहनेका लागि सहजै वातारण सृजना गर्न आवश्यक देखिएको छ । लक्षित समुह–युवा, महिला, लक्षित समुदाय) लाई सूचना उपलब्ध गराउन सोही अनुरुप विशेष योजना र रणनीतिको विकास गर्न आवश्यक देखिएको छ । विभिन्न माध्यमबाट सूचना प्रवाह गर्न स्थानीय युवा तथा युवा समुहलाई परिचालन गर्न आवश्यक रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगरमा रेनु दाहाल सात हजार मतले अगाडी