तीन वर्षमा तयार भयो २४ भागको ‘साहू बा’

काठमाडौं । पछिल्लो समय नेपालमा पनि वेब सिरिज निर्माणका क्रम बढेको छ । यसै क्रममा नयाँ वेभ सिरिज ‘साहू बा’ निर्माण गरिएको छ । यो वेभ सिरिजको सोमबार काठमाडौंमा एक समारोहबीच टिजर सार्वजनिक गरिएको छ । यस वेब सिरिज एपी वान टेलिभिजन र म्युजिक नेपालद्वारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एन्ड मुभिज’ एपमा रिलिज निर्माण पक्षले जनाएको छ ।

यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बाँस्तोलालगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री प्रियंका कार्कीले सिरिजका लागि आफूले ३ वर्षभन्दा बढी समय दिएको बताएकी छन् । यसमा काम गर्दा आफूले चलचित्रमा काम गरेको महसुस उनको थियो ।

निकै महँगो लगानीमा तयार भएको यो सिरिजको निर्माण तीन वर्षमा सम्पन्न भएको हो । फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन् ।

२४ एपिसोड निर्माण गरिएको सिरिजमा ३ सय ५० बढी कलाकारले काम गरेको निर्माण टिमले जानकारी दिएको छ । हरेक एपिसोड १ घण्टा लामो रहेको छ । निर्माण टिमले यो सिरिजलाई एक्सन तथा क्राइम जनरामा निर्माण गरिएको बताएको छ । सिरिजमा प्रेम लामा र राजु तामाङको एक्सन, कुनाल कुँवरको कलर, सागर आले, मिस्टर डी र उजन शाक्यको गायन, श्रीजना पौडेलको मेकअप र रामप्रसाद चौधरी र चन्दन दत्तको सम्पादन रहेको छ ।

यो वेब सिरिजलाई सुजय योङले निर्देशन गरेका हुन् । यो उनको नेपाली डेब्यु सिरिज समेत हो । यो सिरिजको कथा, पटकथा तथा संवाद पनि निर्देशक योङले नै लेखेका हुन् । उनका अनुसार साहू बाले प्रेम, विश्वासघात प्रतिसोधको कथा उठाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै