बुद्धभूमिमा बस र पिकअप ठोकिँदा १ जनाको मृत्यु, ८ घाइते

कपिलवस्तु,। कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोकिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ।

मंगलबार बिहान ५:३० बजे काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिक अप एक आपसमा ठोकिँएका थिए। घटनामा परी पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताए।

ठक्करपछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो। घाइतेहरुलाई उपचारको लागि बुटवल पठाइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री गुरुङ मृतकका परिवार भेट्न सिरहा जाँदै