नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमित १४ पुगे

धनगढी । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कैलाली र रौतहटमा एक एक जनामा कोरोना देखिएको हो ।

कैलालीको लम्किचुहा नगरपालिका १ भरुवाकी ६५ वर्षीया महिलामा र रौतहटमा १९ वर्षिय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित महिलालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जानकारी दिए ।

योसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे संख्या १४ पुगको छ भने एकजना उपचारपछि घर फर्किसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 467 times, 1 visits today)

epaper

ताजा समाचार

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु