नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ३५ वटा चलचित्र चयन

काठमाडौं । ‘नेपाल–अमेरिका फिल्म फेस्टिभल–२०८१’ यही ७ असारबाट चार दिनसम्म अमेरिकामा आयोजना हुने भएको छ । यो महोत्सब सन् २०१७ देखि आयोजना हुँदै आएको हो । महोत्सवमा यसपटक नेपाल, अमेरिका, जर्मनीसहित ११ देशका फिचर, वृत्तचित्र, लघु चलचित्र र एनिमेसन चलचित्रसहित ३५ वटा चलचित्र प्रदर्शन गरिने भएको छ ।

महोत्सवमा छनोट भएका फिल्म मेरिल्यान्ड राज्यको एएफआई सिल्भर थिएटर तथा ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुने आयोजक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ ।

यतिबेला प्रदर्शन भईरहेको चलचित्र गाउँ आएको बाटो सो महोत्सबमा नेपालबाट चयन भएको यसका निर्देशक नवीन सुब्बाले जानकार गराएका छन् । सो चलचित्रको प्रदर्शनीका लागि आफ्नो टिम सहित उनी मँगलबार अमेरिका उडेका छन् ।

यो महोत्सबमा सहभागी हुन निर्देशक नविन सुब्बासँगै अभिनेता दयाहाङ राई पनि अमेरिका प्रस्थान गरेका छन् । अमेरिका पुगेका अभिनेता दयाहाङ राईले अमेरिका बसाईको क्रममा ६ महिना अघि छायाँकन गरिएको चलचित्र भुठानको बाँकी काम पनि सक्ने छन् । यो महोत्सबको समापनमा ‘द रेड सुटकेस’ प्रदर्शन गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा रेणुलाई १९ सय ६ मतको अग्रता