मदानेमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा तथा कर्मचारी सम्मानित

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने वडा तथा कर्मचारीलाई सम्मान गरेको छ । सोमबार मदाने गाउँपालिकाको १५ औँ गाउँसभाको अवसरमा पालिकामा सबैभन्दा छिटो योजना कार्यान्वयन गर्ने वडा नम्बर १ अग्लुङ्गलाई पालिकाले सम्मान गरेको हो ।

अग्लुङ्गले चालु आर्थिक बर्षको वैशाख महिनासम्म वडाका सबै योजनाहरु सम्पन्न गरी भुक्तानी लगेको आधारमा पालिकाको नीतिअनुसार वडा कार्यालयलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए । पालिका अध्यक्ष महेन्द्र कुवँर, उपाध्यक्ष सरिता खड्का र प्रमुख प्रशासकीय अधिकृत पन्थीले वडाध्यक्ष शुशिल चन्द र वडा सचिव पशुपति चन्दलाई टिका, खादा एवं सम्मान पत्रले सम्मान गरेका थिए ।

त्यसैगरी पालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने तीन कर्मचारी पनि सम्मानित भएका छन् । जसमा वडा नम्बर १ का वडा सचिव पशुपति चन्द, कृषि शाखा प्रमुख हुम बहादुर थापा र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद पन्थी रहेका छन् । उनीहरुलाई नगद १५ हजारसहित पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सम्मान पत्र, टिका एवं खादाले सम्मान गरेक थिए । मदानेले प्रत्येक बर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने वडा एवं कर्मचारीलाई सम्मान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा