नगरपालिकाभित्र ट्यूसन कक्षा सञ्चालन गर्दा दर्ता गर्नुपर्ने

दैलेख । अबदेखि नारायण नगरपालिका भित्र ट्युसन कक्षा सञ्चालन गर्दा दर्ता गर्नुपर्ने छ । नारायण नगरपालिका भित्र बिनादर्ता ट्यूसन तथा कोचिङ्ग कक्षा सञ्चालन गरिरहेको पाईएपछि नारायण नगरपालिकाले दर्ता गरेर कक्षा सञ्चालन गर्न निर्णय गरेको हो ।

ट्यूसन कक्षा सञ्चालन गर्दा दर्ता प्रकृया पुरा गरेर संचालन गर्नुपर्ने मनोमानी तरिकाले संचालन गरेको पाइएमा तत्काल कारवाही गरिने नारायण नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण प्रसाद उपाध्यायले जानकारी दिए । उनले भने नगरपालिका भित्र ट्यूसन कक्षा सञ्चालन गर्दा ७ दिन भित्र आवश्यक कागजातसहित नगरपालिकामा दर्ता गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको जनकनन्दनीमा अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी