हनिमुनमा सोनाक्षी-जहीर

सोनाक्षी सिन्हाले जहीर इकबालसँगको रोमान्टिक तस्विर सेयर गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार यी तस्बिरहरू दुवैको हनिमुनका बेला खिचिएका हुन्, यद्यपि यी दुवैले आफ्नो हनिमुन कहाँ मनाउँदैछन् भन्ने जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।

मंगलबार साँझ सोनाक्षीले आफ्नो इन्स्टाग्राम स्टोरीमा जहीरसँग स्विमिङ पुलमा रहेको तस्बिर सेयर गरेकी छिन् । 

तस्बिरहरूमा जहीर-सोनाक्षी एक अग्लो भवनको स्विमिङ पुलमा रहेको बुझ्न सकिन्छ । तस्विर शेयर गर्दै सोनाक्षीले लेखिन्, ‘सुन्दर सूर्यास्त’ । यससँगै उनले हार्ट इमोजी पनि बनाएका छन् ।

 जहीरले यी तस्विरहरू पुनः सेयर गर्दै सोनाक्षीको लागि रोमान्टिक क्याप्सन पनि लेखेका छन् । सोनाक्षीको सौन्दर्यको तुलनामा सूर्यास्त फिक्का भएको भन्दै उनले लेखेका छन्, ‘मैले योभन्दा धेरै सुन्दरता देखेको छु । 

सोनाक्षीले गत जुन २३ मा जहीरसँग विवाह गरेकी हुन् । उनले दर्ता विवाह गरेकी हुन् । उनको विवाहपछि हिन्दु-मुश्लिम विवाह भएको भन्दै विवाद समेत भएको छ । उनका भाई विवाहमा उपस्थित नभएको विषय पनि भारतीय मिडियामा चर्चाको विषय बनिरहेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही