बर्षाका कारण रारा विमान स्थल ५ दिनदेखि अबरुद्ध

मुगु । रारा विमान स्थलमा ५ दिनदेखि हवाई सेवा अवरुद भएको छ । हिमाली जिल्लाहरू मुगु, जुम्ला र हुम्लामा वर्षाले गर्दा चार दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् । करिब एक साता अघिदेखि निरन्तर वर्षा हुन थालेपछि मुगु , जुम्ला र हुम्लाका उडान अवरुद्घ हुँदा समयमा नै विभिन्न ठाउँमा जाने यात्रुहरू गन्तब्यमा पुग्न नपाउँदा यात्रुहरु मर्कामा परेका हुन् ।

तीन दिनदेखि हवाइ जहाजको प्रतिक्षामा रहेका पत्रकार हरीकृष्ण ऐडी प्लेन नआउने वातावरण बुझे पछि शुक्रवार मौसम बिग्रेको बेला आफुले जोखिम मोलेर भएपनि गाडीमा काठमाडौं जानू परेको बताएका छन्

निरन्तरको वर्षाले चार दिन देखि नेपालगन्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले जनाए । उहाका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगन्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिनु पर्ने अवस्था उत्पन्न भएको छ भने शनिवार पनि मौसम बिग्रेका कारण उडान हुने सम्भावना न्यून छ ।

हवाई सेवा अवरुद्ध भएपछि यात्रुहरु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ ।

हवाई सेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् । नेपाल कै प्रमुख पर्यटकिय क्षेत्र रारा घुम्न आउने पर्यटकहरु रारा विमानस्थलबाट हवाइ यात्रा गर्ने गर्दछन । यो विमान स्थलमा निजि तथा सरकारि स्वामित्वको बिमानहरुले दैनिक ३र४ हवाइ उडान गर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना