इलाम र माई नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषणा

इलाम । इलाम नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषणा गरेको छ । नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानमा नगरपालिका ‘पूर्णखोप सुनिश्चित’ घोषणा गरेको हो ।

सरकारले जन्मेदेखि १५ महिनाका बालबालिकालाई नियमित खोप सञ्चालन गरिरहेको छ । बाँकी १६ देखि ५९ महिनाका बालबालिकालाई दिइने विभिन्न खोप पनि इलाम नगरले सुनिश्चित गरेको नगरले जनाएको हो । यसअघि नै नगरपालिकाका सबै वडाले आफूलाई ‘पूर्णखोप सुनिश्चित’ घोषणा गरिसकेका छन् ।

नगरपालिकाले गत फागुन, चैतमा घरलौरी सर्वेक्षण गर्दा जन्मेदेखि १५ महिनाका सबै बालबालिकाले खोप लगाएको भएपनि १६ देखि ३९ महिनाका २६ बालबालिका भने कुनै न कुनै खोपबाट छुटेको पाइएको थियो । अन्य दुई बालबालिका भने इलाम नगरपालिकाबाहिरबाट आएका कारण दुई जनामा शून्य खोप पाइएको नगरपालिकास्थित स्वास्थ्य शाखा प्रमुख उपेन्द्र खनालले बताए ।

इलाम जिल्लालाई नै ०७२ सालमा ‘पूर्णखोपको जिल्ला’ घोषणा गरिएको थियो । पूर्णखोप घोषणा भएपनि पूर्णखोप छ, छैन भन्ने सुनिश्चितता गर्नुपर्ने र इलाममा गरिएको स्वास्थ्य शाखा प्रमुख खनालको भनाइ छ । बिफर, दादुरा, पोलियो, कोभिडजस्ता सरुवा रोग, निमोनियाँ, हेपाटाइटिसजस्ता रोग संक्रमणबाट बचाएर स्वस्थ जनशक्ति उत्पादन गर्न बालबालिकामा खोप लगाउनु अनिवार्य भएको खनालले बताए । खोप छुटेका सबै बालबालिकालाई खोप दिएर पूर्णखोपको सुनिश्चित गरिएको खनालले जानकारी दिए । यो वर्ष इलाम नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका पाँच सय ६६ बालबालिकाले पूर्णखोप लिएका छन् ।

त्यस्तै माई नगरपालिकापनि ‘पूर्णखोप सुनिश्चित’ पालिका घोषणा गरिएको छ । नगरपालिकालाई निश्चित सूचकका आधारमा पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेका हुन् ।

सबै वडालाई पूर्णखोप सुनिश्चितताका आधारमा तथा वडा–वडाको खोप तथ्यांक र सूचकका आधारमा पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए । पूर्णखोप मापदण्ड र सूचकका आधारमा सबै सर्त पूरा गरी नगरपालिकाले पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेको हो । स्वास्थ्य शाखाले पूर्णखोप सुनिश्चितताका लागि हरेक वर्ष नियमित खोपको घरदैलो सर्वेक्षण गरी उमेरअनुसार खोप पाए÷नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइए प्रक्रियाअनुसार खोप दिने व्यवस्था गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा विमान दुर्घटना, १८ जनाको मृत्यु भएको पुष्टि

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)