अमेरिकामा नेपाली नाटकः अभिनेत्री वर्षा राउतको डेब्यु

काठमाडौं । अभिनेत्री वर्षा राउतले चलचित्रमा काम गरेको एक दशक नाघ्यो । उनी सुरुका दिनमै नाटकसँग जोडिना चाहन्थिन । तर त्यतिबेला सँयोग मिलेन । अब भने उनी नाटकमा आउने भएकी छिन् । जसका लागि यतिबेला उनी एउटा नाटकको तयारी गर्दैछिन् ।

अभिनेत्री वर्षले नयाँ नाटक ‘हिटलर आउँदैछ’बाट रङ्गमञ्चमा डेब्यू गर्न लागेकी हुन् । उनको यो नाटक अमेरिकामा मञ्चन हुँदैछ । दुई साताअघि मात्र चलचित्र तेल भिसाको छायाँकन गरेर अमेरिकाबाट नेपाल फर्केकी यी अभिनेत्री फेरी यतिबेला अमेरिका पुगेकी छिन् ।

यो नाटकलाई विमल सुवेदीले निर्देशन गर्दैछन् । ‘हिटलर आउँदैछ’लाई विमल सुवेदी र जोयश पाण्डे लेखेका हुन् । जोयश चर्चित चलचित्र ‘साँघुरो’का निर्देशक हुन् । यो नाटकमा अभिनेत्री वर्षा र अभिनेता एवम् निर्देशक जोयस पाण्डेले जोडीको रुपमा मुख्य भूमिका निर्वाह गर्नेछन् ।

हिटलर आउँदैछको मञ्चन अमेरिकाको ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा हुनेछ । नाटक २३ अगस्टबाट मञ्चन गर्न लागिएको निर्देशक सुवेदीले बताएका छन्, ‘ओहायोमा वल्र्ड प्रिमिएरसँगै त्यहाँ केही दिन मञ्चन गरेर यो नाटकलाई अर्को महिनाबाट अमेरिकाकै विभिन्न स्थानमा मञ्चन गर्नेछौं । त्यसपछि विश्वका अन्य देशमा पनि यो नाटकलाई मञ्चन गर्नेछौं ।’

दर्जनौँ चलचित्रमा अभिनय गरेकी वर्षा यही नाटकको लागि हाल अभ्यासमा व्यस्त छन् । चलिरहेको सो नाटकमा अभिनय गर्नलाई आफू उत्सुक रहेको उनले बताइन्,‘नाटकबाट आएको धेरै कलाकारसँग चलचित्रमा काम गरेकाले नाटक गर्ने र सिक्ने चाहना पहिले देखिनै थियो । तर यो अवसर यतिबेला जुर्दा सुनमा सुगन्ध भएको महसुस गरेको छु ।’ अभिनेत्री वर्षाले भनिन्,‘मेरा पहिलो नाटक नै नेपालका उत्कुष्ट नाट्य निर्देशक तथा प्रशिक्षक विमल सुवेदीसँग, त्यो पनि अमेरिकाबाट हुनु चानचुने संयोग होइन । साथै नेपालका उत्कुष्ट निर्देशक जोयश पाण्डेसँगसँगै नाट्ययात्रा सुरु गर्नुले मलाई उत्साहित बनाएको छ ।’ यो नाटकबाट आफुले धेरै कुरा सिक्ने पाउने उनले बताईन् ।

अभिनेता जोयश पाण्डेले आफ्नो परिचय निर्देशकका रुपमा परिचित भए पनि लामो समयपछि फेरी आफु नाटकमा आउन लागेको बताएका छन् । ओष्कार कलेज अफ फिल्म स्टडिजमा अध्ययनको क्रमा राष्ट्रिय नाटक महोत्सबमा भिमसेनको मुद्धा, हराएको पुरानको पानासहित आधा दर्जन नाटकमा अभिनय गरेको जोयशले स्मरण गर्दै भने,‘मैलै आफ्नो यात्रा अभिनेताको रुपमा नाटकबाटै सुरु गरेको हुँ । तसर्थ विमलजीलाई भेटेपछि फेरि मलाई एकपल्ट अभिनेताका रुपमा नाटकमा काम गर्ने रहर भयो र यसमा सहलेखनसँगै मुख्य अभिनेताका रुपमा पनि म जोडिएको छु ।’ जोयशले भने ।

नाटक’bout लेखक तथा निर्देशक सुवेदीले ब्रोड्वे नाटकका लागि अमेरिकामा मञ्चन गर्न पाउनु आफैंमा ऐतिहासिक क्षण भएको राजधानीलाई बताए । उनले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निष्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरुको पुस्ताले भोगेको मानसिक तथा पहिचानको संकटलाई नाटकले प्रस्तुतिको पनि निर्देशक सुवेदीले बताएका छन् ।

नाटक हिटलर आउँदैछले मा नेपालीभाषी भुटानी, नेपाली डायस्पोराको मात्र नभएर युवा पुस्ता तथा तिनका समस्यालाई पनि समेटिएको निर्देशक विमल सुवेदीले बताए,‘म हाम्रो कला साहित्यलाई विश्व बजारमा फैलाउनुपर्छ भन्ने सिद्धान्तको हिमायती हुँ । यही सिद्धान्त प्रेरित भएर हामीले विश्वका धेरै देशमा नेपाली नाटक मञ्चन गरिसकेका छौँ । यही क्रमको निरन्तरताको रुपमा अमेरिकामा नाटक गर्न पाउनुलाई हामीले अवसरको रुपमा लिएका छौँ । यसलाई कोसेढुंगा बनाउन कुनै कसर छाड्ने छैनौँ,’ उनले बताए ।

अमेरिकाको ह्याप्पी होम स्टुडिओजको निर्माण रहेको नाटकमा थिएटर भिलेज नेपाल, भुटनिज कम्युनिटी एसोसिएसन एक्रोनको सहकार्यमा रहेको छ । साथै यसलाई सनसाइन तेकवान्दो एण्ड डान्स एकेडेमी लागयतका विभिन्न संघ संस्थाहरुले सहकार्य गर्नेछ । यसको कुल लागत लगभग दुई करोड नेपाली रहेको ह्याप्पीहोम स्टुडियोका निर्देशक जोयश पाण्डे र कार्यकारी निर्माता राकेश भट्टराईले बताए । न्यूयोर्कमा अध्यापन गराउने ताइवानका फिल्ममेकर, निर्देशक चिनआउवाउले पनि यसमा सहकार्य गरेका छन् । यस नाटकमा नेपाल, भुटान तथा अमेरिकालागयत विभिन्न देशको कलाकार तथा प्राविधिकहरु जोडिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह