सामूहिक बलात्कारमा वडा सचिवको पनि संलग्नता, तीन जना पक्राउ

धनगढी । कैलालीको भजनी नगरपालिकामा एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना वडासचिव पक्राउ परेका छन् ।

मंगलबार साँझ घरनजिकै गोठालो गएका बेला १५ वर्षीया युवतीलाई वडासचिवसहित तीन जनाले सामूहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका ४ का सचिव २९ वर्षीय रामकुमार चौधरी रहेका छन् ।

त्यस्तै प्रहरीले बलात्कार आरोपमा वडासचिवसँगै सोही वडाका २२ वर्षीय मंगल चौधरी र ३१ वर्षीय सुरेशकुमार चौधरीलाई पनि पक्राउ गरेको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई कैलाली जिल्ला अदालतबाट बलात्कार मुद्दामा अनुसन्धानका लागि १५ दिनको अनुमति लिएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए

उनका अनुसार तीनै जनाले ती किशोरीलाई विभिन्न प्रलोभन देखाएर भजनी बजार जाउँ भनी बलात्कार गरेको बुझिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ