लोकतन्त्रमाथि खतराका कुरा !

अहिले फेरि पनि लोकतन्त्रका कुरा उठिरहेको छ, जब कि लोकतन्त्र बहाल छ देशमा । देशको अवस्था मात्र बेहाल भएको हो । यसमा जनताको गम्भीर गुनासो छ । शासकहरूले देश चलाउन सकेनन् वा देशले शासक पाएन ? यो अर्कै कुरा होला † तर, आफैं शासक, आफैं उपासक तर लोकतन्त्र खतरामा छ भन्ने यो के हो ? अहिले प्रतिपक्ष दलका नेता लोकतन्त्र खतरामा देख्छन् । लोकतन्त्र अल्पमतको शासनले त सबल हुँदैन ।

बहुमतले नै सबल हुन्छ भन्ने पनि हाम्रो विगत छैन । तर, बहुमतले वा ठूला दलले शासन गर्न पाउँछन् नै । नीति पनि त त्यही हो । अनि लोकतन्त्र हटाएर पश्चगमन कसरी हुन्छ । यसको अर्थ अल्पमत सत्तामा रहँदा लोकतन्त्र मजबुत कसरी हुन्छ त ? पार्टी बीचमा भनाभन छ । एकअर्काविरुद्ध पोलापोल छ । सबैले एकअर्कालाई भनिरहेका छन्, उही कुरा दोहो-याई, तेह-याईकन ।

भाषा उही हो, अर्थ उही हो । सबैले भन्ने गरेका छन्, ‘कहाँ पुग्ने थाहा छैन, के बनाउने थाहा छैन, तर प्रणालीभन्दा बाहिर सामाजिक सीमाहरूको वास्ता नगरेर चल्ने केही प्रवृत्ति प्रकट भएका छन् ।’

कुरा गहिरो र उत्तेजक पनि छ । तर, कुरा घुमाइएको पनि छ । अर्थ उही छ, लोकतन्त्र खतरामा छ । गिरिजा बाबुको पालासम्म शासन बचाउने मन्त्र थियो, ‘प्रजातन्त्र खतरामा छ, अहिले उही हो, ‘लोकतन्त्र खतरामा छ ।’

यी र यस्ता कुरा संविधान संशोधनको विषयलाई लिएर अभिव्यक्त भइरहेका छन् । सत्तामा रहँदा कमी कमजोरी सबैका छन् । तर, सत्तामा रहँदा गुपचूप रहेका कुरा प्रतिपक्षमा जाँदा उजागर गरिन्छन् । यो नियत हो कि यथार्थ † सत्ता पक्षमा रहेकाले फेरि त्यसैका ’boutमा दर्जनौंपटक विश्वास दिलाइरहन्छन् । यो नाटकीय खेल संसद्मा चलिरहन्छ । वर्तमान संसद्मा बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘सरकार यस मामिलामा सजग छ ।’

सबैले भन्छन्, उही कुरा † यो प्रणाली स्थापना गर्न धेरै जनताको रगत बगेको छ रे † यो संघीय लोकतान्त्रिक व्यवस्था पनि मिलेर बनाएका हुन् र संघीय संविधान पनि मिलेरै बनाएका हुन् ।
(अशोक यादव – सिरहा, हाल काठमाडौं)

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु