भिडियोमा भूपेन्द्रको नयाँ गजल

काठमाडौं । यसअघि २०५९ सालमा एकल गजल एल्बम बुलबुल श्रोतामाझ ल्याएका गजलकार तथा गीतकार भूपेन्द्र खड्काले यतिबेला अर्को गजल श्रोता र दर्शकमाझ ल्याएका छन् ।

उनले नयाँ वर्ष २०७७ को श्रव्य गजल ‘रमिता छ तिम्रो सहरमा…’को भिडियो दर्शकमाझ रिलिज गरेका हुन् । यो गजल मनोजराजको स्वरमा रहको छ । जसमा हरि लम्सालको संगीत रहेको छ ।

गजलमा किरण कँडेलको संगीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनि मुद्रण रहेको छ । यो गजलको भिडियोलाई दिपेन बस्न्यातले सम्पादन गरेर तयार पारेका हुन् ।

यो गजलमा उनले सहरलाई प्रतीकात्मक बिम्ब बनाएका छन् । यो बिम्ब’bout भूपेन्द्र खड्काले भने, ‘सहर बिम्ब साहित्यका सबै विधामा अति प्रयोग भएको छ । गीत र गजलमा पनि यसलाई प्रयोग गरिँदै आएको पाइएकाले मैले सहरको स्वार्थीपन र वितृष्णा यो गजलमा प्रस्तुत गर्न खोजेको छु ।’ गजलकार खड्काले यो गजलमा प्रेम–वियोग र त्यसका प्रतिक्रियालाई प्रस्तुत गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा