गाईजात्रा र गाईको महत्व

विषयप्रवेश
हाम्रो देशमा धेरै चाड बाडहरु छन्, दिवस र पर्वहरु त कति छन् कति । पशुपन्छीदेखि मानवसम्मका पुजारी हामी धर्मभीरु पनि छौँ र वरत्र अनि परत्रमा विश्वास गर्छौ । धेरै पहिलेदेखि चलेको गाईजात्रा भने काठमाडौँ उपत्यकामा मात्र सिमित छ । धर्म भनौँ सत्यलाई आप्mनो प्राण सम्झने नेपालीहरुका घर आँगनीमा भाद्र मासको आरम्भसंगै जनैपूर्णिमा लगत्तै पर्ने चाड गाईजात्रा शुरु भएको छ । हामी जनैपूर्णिमाको भोलिपल्ट भाद्रकृष्ण प्रतिपदाका दिन गाईजात्रा पर्व मनाउने गर्छौँ । यसपालि भाद्र ४ मा परेको छ,यद्यपि यो एक सातासम्म मनाइन्छ । राजनैतिक गाईजात्रा त वर्षभरि नै देखिँदैछ । ‘गाई हाम्री आमा हुन्’ वचपनमै स्कूलमा पढेको याद आउँछ, गौ अस्माकं माता भनेर । साँच्चै पूर्वीय धर्म दर्शन अनुसार गाई लक्ष्मी हुन् । गाईको दूधमात्रै होइन गोबर, गहूँत समेत हितकारी छ । गाईजात्राको परम्परा र गाईका विषयसंग सम्वद्ध धार्मिक, आध्यात्मिक, ऐतिहासिक र साँस्कृतिकपक्ष ’bout उजागर गर्ने यो लेखको आशय रहेको छ ।

धार्मिक रआध्यात्मिकपक्ष
लक्ष्मी पूजा गर्दा गो पूजा गरिन्छ, गाई पूजाको भोलिपल्ट गोरुको पूजा हुन्छ तिहारमा । घरघरमा दीपमालिका गर्नु पूर्व गाईको गोवरले घर लिपिन्छ, यस अर्थमा गाईको गोवरमा श्रीलक्ष्मीको बास हुन्छ, गाईको गोबरले लिपेको घर, तुलसी, कुश,गोठ, तिल भएको घरमा स्थीरलक्ष्मीको बास हुन्छ । घर, गोठ र गोबरको महत्व हुन्जेल, घर घरमा गौ सेवा हुन्जेल हामीले अनाजका लागि विदेशी हातथाप्नु परेको पनि थिएन । गाईका ४ पाउ ४ वेद स्वरुपहुन्, गाईको २ सिँगमा श्रीविष्णु र इन्दको बास हुन्छ । सिँगको बीचमा चन्द्रमा, यसको फेदमा ब्रह्मा र ललाटमा शिवको बास हुन्छ । २ कानमा अश्विनीकुमारहरु, दाँतमा मरुद्गण, रोमकूपमा ऋषिमुनि, छालामा प्रजापति, श्वासमा रुद्र, नाकमा पुष्प, ओठमा बसुगण, मुखमा अग्नी, गर्धनमा पार्वती, पीठ भागमा २७ नक्षत्र रहेका हुन्छन् । गाईको, पिठ्यूँमा आकाश, अपानमा सबै तीर्थ, मूत्रमा गंगा, नितम्बमा पितृ, पुच्छरमा भगवती, छातीमा कार्तिकेय, घुँडा, जँघा र ऊरुमा ५ वायु, खूरमा गन्धर्ब र सर्प, ४ थुनमा ४ समुद्र रहन्छन् ।

त्यसैले रति आदि र स्वधा, स्वाहा, दिशा, धृति, स्मृति, कान्ति, क्रिया सबैले हरदम गौ सेवा गर्न लालयित हुन्छन् । सबै नदी, तीर्थ, वेद, धाम, समुद्र, देव, पितृहरुले पनि सधैँ गो सेवा नै रुचाउँछन् । गाईलाई ब्रह्माले अग्नि कुण्डबाट प्रकट गरेका हुन,् गो सेवा गर्नेलाई दुःख दूर हुन्छ । धर्मको प्रतिक गाईले मानिसका पाप धोई वैतरणी पार गराउँने गरुड पुराणको कथन छ । त्यसैले चाँदी, सुन, जमिन, घोडा, तिल सप्तधान्य र गोदान गर्ने प्रचलन रहेको हो । गाईका सबै अँग चोखा भए पनि गलत साक्षी बसेकाले श्रीशिव रुष्ट भई गाईलार्ई श्राप गर्नाले यिनको मुख भने बिटुलो मानिन्छ र ढोग्दा मुखमा होइन गोडा बा अन्य अँगमा ढोगिन्छ । गाईको बास स्थान भनेको मोक्षदायी क्षेत्र हो ।

गाईजात्रामा ठूलावडा तथा उच्चपदस्थ व्यक्तिहरुले गरेका नराम्रा कामका ’boutमा खुलेर प्रहसन गरिन्छ

गोमुत्रले सेचन गर्दा आशौच शुद्धि हुन्छ भने गो मूत्र पानले शरिरमा निरोगिता हुन्छ, । जूठो, सूतकमा मानिस मात्रै होइन घर चोख्याउने पनि चलन छ, घाटबाट फर्कँदा गोमुत्रले सेचन गरे शुद्ध हुने र अपशकून नहुने हुन्छ । गाईको दूध पन्चामृत नै हो जसमा दही, घिउ, चिनी, मह समेतको मिश्रण हुन्छ, हर देव, पितृ कार्यमा दूध नभई हुन्न, गाईको दूधले दिइएको तर्पणले सिधै पितृहरुले पाउँछन् । श्राद्धका दिन कुकुरले देखे छोएको अन्न अरुलाई दिए, खाएमा त्यसको फल सिधै प्रेतलोक पुग्छ भने गाईले देखेको अनाज सिधै देव, पितृलोक पुग्छ, त्यसैलै पिण्ड सेलाउँदा सकेसम्म गाईलाई नै खुवाउँने चलन भएको हो । श्राद्धमा जो पायो उसलाई दान, भोजन निषेध छ, पतित, जड, मौसमी र उन्मत्त ब्राह्मण, नपुंसक, कोढ्, मृगी, कुष्ठरोगी, भूmठो नियममा बस्ने, अँगहीन, पाखण्डी, शास्त्र निन्दकलाई दान वा भोजन खुवाउन निषेध छ, दिनु परे छुट्टै दिनु पर्छ तर गाईले देखेका बस्तु भने जो कोहीलाई दिँदा पनि गोलोक बा भनाँै देवलोकको पहुँच हुन्छ ।

रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने दुध र यसका परिकार भनौँ खीर आदि मात्र ामिलाई सेवन गरेमा शरिरलाई अमृत सरह हुने हुँदा वर्षा ऋतु, झरी, बादलको समय साउनको मध्यमा यस्तो खानाले शरिर स्वस्थ हुने भएकाले नै यस्तो परिकारलाई प्रश्रय दिइएको हो । हिँस्रक, भूmठको सहारा लिने, देश द्रोही, देव निन्दक, दाजुको बिहे नगरी आप्mनो बिहे गर्ने परिवित्त, वेश्यावृतिमा लागेको, अभक्ष बस्तु खाने, १० दिन नवितेको मृत घरको खाना खाने, पिपासु, चाण्डाल, जुवाडे, मदिरा सेवन गर्ने, पतित, जड, उन्मत्त व्यक्ति, क्रूर, पिशाच प्रवृत्तिमालागेको, देव पितृ, यज्ञको अपहेलनागर्ने यस्ता व्यक्तिहरु पनिगो स्पर्शबाट सजिलै आप्mनो प्रायश्चित्त गर्न सक्ने धर्म शास्त्रमा उल्लेख छ । व्यभिचारीको हातको अन्न खाने राज्यको ढुकुटी जथाभावी दुरुपयोग गर्ने, भोजनमा विभेद गर्ने, आप्mनो र अरुको भनी विभेद गर्ने, क्रोधी यस्ता व्यक्तिको आयु नाश हुन्छ र पनि गो सेवा गर्नाले यिनको पाप क्षीण हुने हुन्छ ।

यो पर्वमा गाईका साना बाछी वा मान्छेहरुले गाईको अनुहार बनाई चित्रविचित्र रुपमा समूहमा टोल टोलमा निस्केर जात्रा परम्परा गरिन्छ

ऐतिहासिक र साँस्कृतिकपक्ष
राजा प्रताप मल्लको पालामा काठमाडौँ उपत्यकामा विफरको रोग पैmलियो । यो रोगले राजकुमारकै मृत्यु हुँदा रानी ठूलो शोकमा परिन् । उनलाई प्रहसनबाट मनोरन्जन दिलाउने र शोक भगाउने अर्थमा राजाले मरेका घरहरुबाट गो यात्रा निकाल्न ऊर्दी जारी गरे । शोकमा परेकी रानीलाई कुनै माध्यमबाट जसले हँसाउन सक्छ, उसलाई पुरस्कृत गरिने घोषणा गरियो । अब सबैले जसको घरमा पुत्र मरेका छन् उसको घरबाट जोगीको भेषमा र जसको पुत्री मरेको छ गाईको भेषमा रंगीविरँगी जुलुस निकाल्ने आदेश जारी गरियो । गाईजात्रे टोली दरबार जानु पर्ने र पुत्रशोकमा परेकी रानीलाई शान्त पार्ने व्यँग्य, ख्याल ठट्टा, प्रहसन, परिहास, नृत्य गरेर देखाएपछि रानीको शोकमा कमीआयो र अरुका सन्तान पनि मर्दा रहेछन् भन्ने उनले बुझिन् ।

यसरी शोक बिस्तारै शक्तिका परिणत हुँदै आएपछि अब हरेक वर्ष यस्तो जात्रा निकाल्ने चलन मल्ल राजा त्यसमा पनि प्रतापमल्लबाट शुरु भएको इतिहास भेटिन्छ । उपत्यकामा गाई बिस्तारै कम हुन लाग्दा नक्कली मुखुण्डो, गाईका साना बाच्छाहरु बा मान्छेहरुले गाईको अनुहार बनाई चित्रविचित्र रुपमा समूहमा टोल टोलमा निस्केर जात्रा परम्परा धानिँदै आउन थाल्यो । अहिलेसम्म पनि गाई जात्राका दिन वर्षभरिमा मानिस मरेका घरबाट गाईको भेषमा जात्रा निकाल्ने चलन छ । मुख्य सहर हनुमानढोकाबाट निस्केको समूह त पाटनसहर सम्म पुग्ने, पँक्तिबद्ध हुने, फेरि हनुमान ढोकासम्म फर्किने चलन रहेको छ । प्राय नेवारबस्ती बा बौद्धतिर पनि गाईजात्रा भव्यरुपमा उत्सवका रुपमा मनाइने चलन छ ।

यमलोकका ढोका वर्षदिन सम्म बन्द हुने र गाईजात्रा देखाएपछि मृत पितृहरु देवलोक पुग्ने शास्त्री यमान्यताका कारण पनि गाई जात्रा निकाल्ने चलन रहेको छ । पद्म पुराणमा प्रवेश गर्दा गोमाहात्म्यको चर्चा भेटिन्छ र आजभन्दा २४ सय वर्ष पहिलेदेखि नै गाईको प्रसंग आउँछ भने हिन्दुधर्मीहरुका लागि त गाई गीता, गँगा, गायत्री, शालिग्राम, तुलसी, कुश, तिल आदि मुक्तिदायी नै हुन् भन्ने विश्वास छ । वैतरणी तर्ने भनेको साधन नै गाईको पुच्छर हो, र मृत्युअघि वैतरणी र दसदानमा गाई नै प्रमुख साधन रहन्छ । मृत्युपछि पनि मृतकका सन्तानले गाईको पुच्छर मात्रै समात्न पाए पनि आपूm धन्य सम्झने हामी धेरै नेपालीहरु छौँ ।

शास्त्रमा गाईलाई कामधेनु भनिएको छ, जसबाट इच्छा अनुसारको तत्व पाइन्छ । कृष्णलाई यशोदाले दूधपान गराउँदा सुरभीगाईको दूध दिने गर्थिन् । गाई पूजा गर्ने घरमा भूत, प्रेत, पिशाचको डर, अग्निभय, चट्याँग, बास्तुदोष हुन्न, भूकम्पको सुरक्षण समेत नाग, गाईहरुबाट हुन्छ भनेको छ शास्त्रले । गाईजात्रामा ठूलाहरुको उछितो काढ्ने गरिन्छ, उनीहरुले गरेका उच्चपदस्थ व्यक्तिहरुले गरेका नराम्रा कामका ’bout खुलेर प्रहसन गर्ने गरिन्छ भने हाँस्य व्यँग्य गर्नेहरुका लागि त यो दिन विशेष दिननै हो । वर्षभरि भएका समाजका कुसंस्कार, खराव कामगर्नेहरुलाई खुलेरै गालीगलौज गर्ने पनि गरिन्छ । समाजमा भएका कुसंस्कारको खुलेर बिरोध गरिन्छ यो दिन ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवती, प्रहरीले बाहिर निकाल्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार बन्न धरौटी, कुन पदमा कति लाग्छ ?