काभ्रेपलाञ्चोक । कोरोना भाइसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको आज १४औँ दिन हो । लक डाउन भएसँगै देशक सम्पूर्ण ठाउँहरु ठप्प भएका छन् । यो समयमा जिल्लाको पनौती युवा मञ्चले भने पनौती नगरपालिकाको वडा नं ७ बसपार्कमा अलपत्र परेकाहरुलाई सहयोग गरिरहेको छ । मञ्चले ९ दिनदेखि उनीहरुलाई बिहान र बेलुकाको खाना दिएर सहयोग गरिरहेको छ ।
सुरुको दिनमा १७ जनालाई खाना दिएर सहयोग गरेको मञ्चले अहिले ४५ जनालाई खाना दिदैँ आइरहेको छ । आज बिहानको खाना पाएपछि खुशी हुदैँ, ५२ वर्षीया मैँया रसाइलीले भनिन्, ‘सधैं सडकमा मागेर खाने गरिन्थ्यो । सडक भएदेखि नै भोकै थिए । जाने ठाउँ पनि कहीँ छैन । खानेकुरा पनि केही थिएन । आज यहाँका भाइहरुले खाना खान दिए । धेरै खुशी लागेको छ ।’
मैँयाको जस्तै हर्षित मुहारदेखिन्थ्यो, ७२ वर्षीय मंगल तामाङको पनि । उनको पनि सडकमा मागेर नै दैनिक गुजारा टर्ने गथ्र्यो । तर देश लक डाउन भएदेखि आफूहरु सडकमा भोकभोकै बस्नुपरेको उनले गुनासो गरे । धेरै दिनदेखि आफू भोको रहेको सुनाउँदै उनले भने, ‘दुई तिन भयो यहाँ खाना खान पाएको । अहिले त बिहान बेलुका यहाँ खान पाइन्छ । भोलिको दिनमा के गर्ने ? कसरी गुजारा गर्ने भन्ने चिन्ता लागेको छ ?’ आफूलाई यसरी बिहान र बेलुकाको खाना दिएकोमा उनले मञ्चलाई धन्यवाद प्रकट गरे ।
यसरी दिनदुःखीहरुलाई बिहान बेलुका खाना दिन पाउँदा आफूलाई खुशी मिलेको पनौती युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले बताए । उनका अनुसार मञ्चका सदस्य र मञ्चलाई माया गर्नेहरुको सहयोगबाट नै यसरी सेवा दिन सकिएको हो । ‘देश लक डाउन भएसँगै बजार अनुगमनमा जादाँ सडकमा अलपत्र परेकाहरुको दयनिय अवस्था देखेर केही सहयोग निर्णय ग¥र्यौँ,’ उनले भने, ‘नगरका जुझारु युवाहरुसँगको सल्लाहपश्चात खाना दिनु नै प्रभावकारी सोचेर खाना दिएर सेवा गरेका हौँ ।’ मञ्चका सदस्यसमेत रहेका जि.टी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक सञ्जय सिंह ठकुरीले खाना पकाउनका लागि आफ्नो किचन प्रयोग गर्न दिएर सहयोग गरेका छन् । मञ्चले उनीहरुलाई पनौतीको बसपार्कमा खाना दिइरहेको छ ।






