ब्लाउजको मास्क बनाउन सिकाउँदै विद्या बालन

मुम्बई । भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ । जहाँ कोरोना संक्रमितको संख्या सोमबार बेलु्कासम्म १७ हजार ६ सय नाघेको छ । अहिले भारतमा कोरोनाबाट बच्न मास्कको हाहाकार भएको समाचार आएपछि अभिनेत्री विद्या बालनले घरमै मास्क बनाउने सजिलो तरिका सिकाएकी छन् ।

घरमै बनाएको मास्कबाट पनि अरूको थुक एवं संक्रमणबाट आफूलाई बचाउन सकिने जिकिर गर्दै अभिनेत्री विद्याले मास्क बनाउन सिकाएकी हुन् । उनले घरमै मास्क बनाएर लगाउने तरिका’bout एउटा भिडियो नै बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । उनले मास्क बनाएको त्यो भिडियो अहिले चर्चामा छ ।

बजार बन्दका कारण बाहिर मास्क तथा कपडा किन्न जान नसक्ने अहिलेको अवस्थामा घरमै पुराना सारी तथा ब्लाउजबाट मास्क बनाउने तरिका यी अभिनेत्रीले सिकाएकी हुन् । जसमा उनले कैंचीले ब्लाउज काटेर आफैंले इलास्टिक हालेर मास्क सिलाएर लगाएकी छन् । कोरोनाबाट जोगिन उनले मास्क बनाउने तरिकासहितको यसरी घरमै मास्क बनाउन सकिन्छ भन्ने सन्देश भिडियोमार्फत दिएकी छन् ।

आफूले मास्क बनाएको भिडियो इन्स्टाग्राममार्फत सार्वजनिक गर्र्दै यी अभिनेत्रीले भनेकी छन्, ‘सहर मात्र हैन, ग्रामीण क्षेत्रमा पनि महिला दिदीबहिनीहरूसँग पुराना सारी तथा ब्लाउज हुन्छन् । यस्ता सारी तथा ब्लाउजबाट हामीले घरमै मास्क बनाएर अहिलेको अवस्थामा कोरोनाको महामारीबाट केही हदसम्म आफूलाई जोगाउन सक्छौं ।’

बजारमा मास्क नपाएको बेला घरबाट बाहिर तरकारी किन्न र अन्य कामका लागि जाँदा यस्तो मास्क उपयोगी हुने पनि अभिनेत्री विद्या बालनको जिकिर छ । पछिल्लो समय नारीप्रधान सिनेमामा मुख्य भूमिकानिर्वाह गर्दै आएकी अभिनेत्री विद्या सिनेमामार्फत नारीमा रूपान्तरण ल्याउने अभिनेत्रीमा पर्छिन् । उनको यो मास्क अभियान पनि एउटा नारी रूपान्तरणको अभियानका रूपमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ