गुल्मीमा वडाध्यक्षका लागि ८ जनाको उम्मेदवारी

गुल्मी । गुल्मीमा वडाध्यक्षको लागि आठजनाको उम्मेदवारी परेको छ । जिल्लाको मुसिकोट नगरपालिका –०१ मा आगामी मंसिर १६ गते हुने वडाध्यक्षको निर्वाचनको लागि एक महिला र सात पुरुषको उम्मेदवारी परेको हो । जसमा तीनजनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् भने पाँचजनाले राजनीतिक दलबाट उम्मेदवारी दिएका छन् ।

वडाध्यक्षको लागि नेपाली काँग्रेसबाट आनन्द श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षेत्री, माओवादी केन्द्रबाट दुर्गा बहादुर विक, एमालेबाट दल बहादुर थापा एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापाले उम्मेदवारी दिएका छन् । वडामा योगेन्द्र खरेल, पोमानन्द खरेल र कुल बहादुर थापाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ऋषिराम घिमिरेले जानकारी दिए ।

०७९ सालमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष मोहन घिमिरेको गत भदौ २ गते मृत्यु भएपछि वडासदस्य विष्णुध्वज खातीले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । ०७९ को निर्वाचनमा घिमिरेले एक हजार एक सय ८२ मत ल्याउदैँ वडाध्यक्षमा निर्वाचित भएका थिए भने निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका नारायण बहादुर थापाले एक हजार एक सय ४३ मत प्राप्त गरेका थिए । मुसिकोटसहित जिल्लामा कुल तीन जनाको पद रिक्त भएको छ ।

गुल्मी दरबार गाउँपालिका –४ का एमालेबाट निर्वाचित वडा सदस्य अम्मर बहादुर सोनामी र छत्रकोट गाउँपालिका –५ कि काँग्रेसबाट निर्वाचित वडा सदस्य उर्मिला आचार्य नेपालीको पद पनि रिक्त भएको छ । सोनामीको मृत्युको कारण र नेपालीले दल त्याग गरेका कारण पद रिक्त भएको हो । तर वडा सदस्यको लागि उपचुनाव नहुने भएकोले गुल्मीमा वडाध्यक्षको लागि मात्रै उपचुनाव हुन लागेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ