सूचना दिनेलाई नै अफवाह फैलाइएको आरोप लगाउने ?

काठमाडौं । यो विषम परिस्थितिमा सबैभन्दा बढी जोखिम कसलाई हुन्छ भनेर कसैले प्रश्न सोध्यो भने, उत्तर सहज छ– नम्वर १ स्वयम् पीडित (संक्रमित), नम्वर २ स्वास्थ्यकर्मी, अनि नम्वर ३ मा सुरक्षाकर्मी र सञ्चारकर्मी नै हुन् ।

अझ त्यसमा स्वास्थ्यमा कलम चलाउने सञ्चारकर्मी । चाहे जिल्लाभित्र होस् वा बाहिर । उनिहरुको एउटै ध्यय हुन्छ– कोभिड–१९ सम्वन्धी तथ्य सत्य सुचना दिने । कतिपय स्वास्थ्य सञ्चारकर्मी फिल्डमा उत्रिएका छन् । चिकित्सक, नर्सदेखि बाटोमा विचल्ली भएकाहरुको कथा अहिले समाचारका हेड लाइन बन्छन् । सोझो अर्थमा भन्दा बिक्छन् ।

स्वास्थ्य क्षेत्रमा कलम चलाउनेहरु निरन्तर सूचना सम्प्रेषण गर्न व्यस्त छन् । स्वास्थ्य मन्त्रालयले साँझ ४ः१५ बजे पत्रकार सम्मेलनमा भन्छः अफबाह फैलाइयो ।

जसले फिल्डमा गएर समाचार संकलन गर्छ, तथ्यलाई पक्रन्छ जसले स्वास्थ्यमा निरन्तर कलम चलाउँछ जसले दिनरात नभनी स्वास्थ्यका विषय उठान गर्छ, ती पत्रकारहरुले कसरी फैलाए अफवाह ?

त्यसो भए कसले फैलाउँछ त अफवाह ?
जसले समाचार कपी पेष्ट गर्छ, जसले फिल्डमा नगई अरुले लेखेको समाचारलाई आधार मानेर सार्छ । जसले फेसबुके पत्रकारिता गर्छ, उसले आफूलाई अब्बल देखाउन तथ्य बग्याउँछ, समाचार टुइस गर्छ, उसैले अफवाह फैलाउँछ ।

तसर्थ सबैलाई एउटै घानमा मुछ्नु किमार्थ न्यायोचित हुँदैन । बरु आफै स्वास्थ्य मन्त्रालयले तथ्य गलत रुपमा प्रस्तुत गरिरहेको छ । मन्त्रालयको वेबसाइटमा ४२ अनि ४३ संक्रमित पुगे भनेर राखियो । कसलाई आधार मान्ने । यसले सर्वसाधरणमा दुविधा उत्पन्न गराउँछ ।

देशसञ्चार अनलाइनकी संवादाता दिपा दाहालले यो जोखिमको बेला पत्रकारिता चुनौतिपूर्ण रहेको बताइन् । उनी भन्छिन्, ‘विपतको वेला पत्रकारिताको झन परीक्षण हुन्छ । सकेसम्म फिल्डमै गएर सरोकारवाला या पीडितसँग भेटेपछि मात्रै समाचार वा स्टोरी बनाउने मेरो बानी छ, वास्तवमा यो काम जोखिमपूर्ण छ ।’ उनले यसबीचमा सरकारका कमजोरी, गलत नियत र निर्णय लेख्दा धम्की पनि आएको बताइन् । अहिले स्वास्थ्य पत्रकारका लागि यो परीक्षाको घडी हो । स्वास्थ्य पत्रकारहरु निरन्तर अपडेटमै भएको उनी बताउँछिन् ।

नयाँ पत्रिकाका स्वास्थ्य पत्रकार अर्जुन अधिकारीले जनतालाई सूचना दिन निरन्तर फिल्डमा खटिएको बताए । उनले भने, ‘पहिलो संक्रमितसँग जोडिएका चिकित्सकसँग मेरो पनि नियमित सम्पर्कमा आएको थिए । कोभिड जाँच गराए, रिपोर्ट नेगेटिभ आएपछि निरन्तर काममा छु ।’

अन्नपूर्ण पोष्टका स्वास्थ्य विट हेर्दै आएका दिनेश गौतम भन्छन्, ‘दिनहुँजसो सूचना प्रवाह गरिरहेको छु । समाचार प्रवाहमा असहजता भने बढेको छ ।’

अनलाइन खवरका सागर बुढाथोकीको भने फरक मत छ । उनले भने, ‘घरमै बसेर इन्टरनेट चलाइयो भने डर बढ्ने रहेछ । त्यसरी काम गर्दा फ्रन्टलाइनको चिकित्सकसँग प्रत्यक्ष भेट हुँदैन । उनिहरुको कुरा सुने पनि आँखाले देखे जसरी महसुस गर्न सकिदैंन । फिल्डमा गएर फ्रन्टलाइनको चिकित्सकसँग भेटेपछि डर स्वतः कम हुँदो रहेछ ।’

स्वास्थ्य पत्रकार मञ्चले हिजो बुधबार स्वास्थ्य विट हेर्ने केही पत्रकारहरुलाई स्वास्थ्यजन्य सामाग्री उपलब्ध गराएको थियो । केही स्वास्थ्य पत्रकारले भने सीमितलाई मात्रै उपलब्ध गराइएको भन्दै गुनासो गरेका छन् ।

स्वास्थ्य पत्रकार मञ्चका महासचिव रामप्रसाद न्यौपानेका अनुसार काठमाडौंमा उपलब्ध साथीहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । यो विषम परिस्थितिमा सबै स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउँछौ ।’

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढी अपडेट : ६ सय २६ जनाको शव फेला, २ हजार ४२६ जना अझै सम्पर्कविहीन