चिनियाँ राष्ट्रपतिकाे अध्यक्षतामा बैठक, नेपाललाई आपतकालीन सहायता दिने निर्णय

बेइजिङ । दक्षिण पश्चिम चीनको तिब्बत (सिजाङ) स्वायत्त क्षेत्रस्थित ग्यिरोङ काउन्टीमा गएको विनाशकारी पहिरो पछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले उच्चस्तरीय निर्णयहरू गरेको छ।

शुक्रबार आयोजित पार्टी नेतृत्वको राजनीतिक ब्युरो बैठकको अध्यक्षता गर्दै महासचिव राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले उद्धार कार्यलाई वैज्ञानिक र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

बैठकको सुरुवातमा राष्ट्रपति सीसहित उपस्थित अन्य वरिष्ठ नेताहरूले बुधबार ग्यिरोङ सीमा नाकामा गएको पहिरोमा परी ज्यान गुमाएका पीडितहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

पार्टी केन्द्रीय समितिको नेतृत्वमा आपतकालीन उद्धार, प्रभावितहरूको पुनर्स्थापना र विपद्पछिको अवस्था व्यवस्थापनका लागि तीव्र र व्यवस्थित प्रयासहरू भइरहेको बैठकले जनाएको छ। तीव्र भिरालो उपत्यका, प्रतिकूल मौसम, हिमनदी, हिमताल र जटिल भू गर्भीय बनावटका कारण अत्यधिक चिसो पठार क्षेत्रमा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ।

बेपत्ताको वैज्ञानिक खोजीको प्राथमिकता हुनु पर्नेमा जोड दिइएको छ । खोज तथा उद्धार योजनाहरू वैज्ञानिक ढङ्गले तयार गरी बेपत्ता भएका सम्पूर्ण चिनियाँ तथा विदेशी नागरिकहरूको खोजी र उद्धारका लागि हरसम्भव प्रयास गरिने भएको छ। उद्धारसँग सम्बन्धित सबै निकाय र विभागहरूलाई थप प्रभावकारी र दृढ कदम चाल्न निर्देशन दिइएको छ।

साथै, पहिरोबाट नेपालको सीमावर्ती क्षेत्रमा समेत असर परेकाले चीनले नेपालका विपद् प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने र अन्तर्राष्ट्रिय उद्धार सहयोग सञ्चालन गर्ने निर्णय गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

चिनियाँ राष्ट्रपतिकाे अध्यक्षतामा बैठक, नेपाललाई आपतकालीन सहायता दिने निर्णय