नाटक हरि हजुरबा लिएर आए नाजिर हुसेन

काठमाडौं । बिगत ४ महिनादेखि चलचित्रबाट टाढा रहेका अभिनेता नाजिर हुसेन सोमबार काठमाडौंको थापागाउँ स्थित मण्डला थिएटरमा विभिन्न कलाकारसँग नयाँ नाटकको अभ्यास गरिरहेका थिए । उनी आफ्नो नाटक हरि हजुरबालाई अन्तिम तयारी दिन व्यस्त देखिन्थे ।

८ वर्षपछि नाटकमा फर्कँदा आफुलाई केही फरक महसुर भईरहेको अभिनेता नाजिरले राजधानीलाई बताए । त्यसो त नाजिरले ८ वर्ष अघि नाटक कुरुप हाँसको निर्देशनसँगै सो नाटककमा अभिनय गरेका थिए । यिनै अभिनेता यतिबेला आफ्नो निर्देशन र मुख्य भूमिकामा नयाँ नाटक हरि हजुरबा लिएर दर्शकमाझ आउन लागेका हुन् ।

उनको निर्देशनमा तयार भएको नाटक हरि हजुरबा यही ४ पुष बिहिबारबाट थापागाउँस्थित मण्डला नाटक घरमा मञ्चन हुने भएको छ । यो नाटकलाई अभिनेता दयाहाङ राई र अर्का अभिनेता बुद्धी तामाङले निर्देशन गरेका हुन् ।

मण्डला थिएटरका अध्यक्ष एवम् निर्माता दयाहाङ राईका अनुसार मण्डलाले अबको एक वर्षमा १४ वटा नाटक मञ्चन गर्दैछ । यो परियोजना केही समय अघि घोषणा गरिएको थियो । सो परियोजना अन्तर्गत मञ्चन हुने यो चौथो नाटक हो । यस अघि तीनवटा नाटकलाई मण्डलाले मञ्चन गरिसकेको पनि दयाहाङले बताएका छन् ।

यो नाटकको अभ्यासमा व्यस्त रहेका अभिनेता निर्देशक नाजिरले हरि हजुरबा पर्खाईको कथामा आधारित रहेको बताए । उनले नाटक’bout राजधानीसँग भने,‘हरि र हजुरबा दुई फरक पात्रको कथामा यो नाटक बनाईएको छ । मैले एक दशक अघि लेखेको कविताको अवधारणालाई सुरुमा कथामा ढालें, त्यसपछि नाटकमा रुपान्तरण गरेर यसलाई मञ्चन गरेको हुँ ।’

नाजिरले नाटकको कथासार’bout भने,‘द्वन्द्वकाल सकिँदै गर्दा लापता भएकी आफ्नी नातिनीलाई कुरीरहेका हजुरबाको कथा हो यो । जसमा हजुरबासँगै आफ्नो कथा लिएर अर्का पात्र हरि यसमा प्रस्तुत भएका छन् ।’

नाजिरको कथनमा नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ । चिठी पु¥याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा दर्शकले देख्न पाउने पनि नाजिरले जानकारी गराए । यो नाटकमा हजुरबाको भूमिकामा अभिनेता बिजय बराल रहेका छन् । हरिको भूमिका भने आफुले नै निर्वाह गरेको नाजिरले बताए ।

चलचित्र पूर्णबहादुरको सारंगी हिट भएको बेला बिजय नयाँ चलचित्रको काम छाडेर नाटकमा फर्किएका हुन् । नाटक’bout अभिनेता बिजयले राजधानीसँग भने,‘हरेक मान्छेको दैनिकी प्राय कुनै न कुनै कुराको पर्खाइमा बित्ने गर्दछ । यस्तै यो नाटकमा मेरो पात्रको यात्रा पनि पर्खाईकै क्रममा अघि बढ्छ ।’

अभिनेता नाजिर हुसेनको लेखनसँगै परिकल्पना तथा निर्देशन रहेको यो नाटकको अन्य कलाकारमा रि ह्ल्युल साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिषराज पाण्डे र रिसु राउत रहेका छन् । यी कलाकारले नाजिर र बिजयको सहयोगीको रुपमा काम गरेका छन् ।

यो नाटकको सेट निर्माण उमेश थारुले गरेका हुन भने यसको डिजानई नाजिरकै हो । यसमा लाईट परिचान र डिजाईन उमेश तामाङको रहेको छ । यो नाटकको प्रशारण समय १ घन्टा ५ मिनटको रहेको छ ।

नाटक हरि हजुरबा हरेक दिन (सोमबार बाहेक) साँझ ५ः१५ बजे एक शो र शनिबार दिउँसो १ बजे तथा साँझ ५ः१५ बजे गरी दुई शो मञ्चन हुने पनि नाजिरले जानकारी गराएका छन् । मण्डलामा यो नाटक बिहिबारबाट आगामी तीन साता २८ पुसासम्म मञ्चन हुनेछ । नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने आफुहरुले अपेक्षा गरेको नाजिरले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत घुससहित पक्राउ