फागुन ६ देखि ७औं स्याङजा महोत्सव

स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले फागुनमा ७औं स्याङ्जा महोत्सव आयोजना गर्ने भएको छ । १३ दिन संचालन हुने सातौ स्याङ्जा महोत्सव फागुन ६ गतेदेखि १८ गतेसम्म हुने छ । ७ औं स्याङ्जा महोत्सवको तयारीका लागि स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले सचिवालय स्थापना गरेको छ ।

महोत्सवलाई भब्यरुपमा सफल बनाउन संघकै कार्यालयमा सचिवालय स्थापना गरिएको आयोजकले जनाएको छ । महोेत्सव सचिवालयको उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य दीपक लम्सालले महोत्सव सफल बनाउन सबै स्याङ्जावासीको साथ सहयोग आवश्यक रहने बताए । यसका लागि संघका सबै पदाधिकारीहरु सहकार्य गर्दै अघि बढ्न लम्सालले आग्रह गरे । छैठौ महोत्सवसम्मको अनुभव लिदै ७औं महोत्सव सफल बनाउन जिम्मेवारी बहन गर्दै अगाडी बढ्न आयोजकलाई लम्सालले सुझाए ।

सचिवालय उद्घाटनमा गण्डकी प्रदेश उद्योग वािणज्य महासंघका कोषाध्यक्ष नवराज सुवेदी, च्याम्बर अफ कमर्शका अध्यक्ष लोकनाथ रेग्मी, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले जिल्लाको पहिचान गराउने अवसरका रुपमा रहेको महोत्सवलाई सबैले आ आफना क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रविन केसीले गरेका थिए ।

उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव पुतलीबजार नगरपालिका १ स्थित खेलमैदानमा हुने छ । प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक ब्यापार मेलामा स्याङ्जालाई चिनाउने महोत्सवका रुपमा रहने आयोजकले जनाएका छन् । महोत्सवलाई सफल बनाउन संघका बर्तमान तथा पूर्व पदाधिकारी एवं पूर्वसदस्य सहित बिभिन्न उपसमितिका सदस्यबीच महोत्सव ’bout छलफल एवं अन्तरक्रिया गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए । ७औं स्याङ्जा महोत्सव जिल्लाको पहिचानसगँ जोडिएकाले सबैको सहकार्य, सहअस्थित्व र सुझावकै आधारमा आयोजक अगाडी बढ्ने अध्यक्ष श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो