काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएकाले बिहीबार मध्याह्नदेखि नेपालमा पानी पर्न थाल्नेछ । शक्तिशाली चक्रवातको नाम ‘अर्नब’ राखिएको उनको भनाइ छ ।
भारतीय मौसम विभागले सोमबार बिहान ५:३० बजे चक्रवातको रुपमा देखिएको पुष्टि गरेको उनको भनाइ छ ।
‘अब यो प्रणालीले भोली मंगलबार मध्यान्हतिर भारतको आन्ध्र प्रदेश र उडिशाको तटीय क्षेत्रमा धावा बोल्ने देखिन्छ । र, त्यस क्षेत्रमा अवस्थित अन्य साना वर्षा प्रणालीसँग मिसिँदै उत्तरतर्फ अर्थात नेपालतर्फ बढ्ने देखिन्छ । बुधबार रातिसम्म नेपाल आइपुग्ने र बिहीबारदेखि वर्षा हुने कुरा नेपाल मौसम विज्ञान विभाग तथा जलवायु शाखाले पनि सूचित गरिसकेको छ,’ उनले भनेका छन् ।
देशैभरि वर्षा हुने देखिए पनि बिहीबार मध्यान्हदेखि शुक्रबार रातिसम्म कोशी, मधेश, बागमती, गण्डकी र पूर्वी लुम्बिनीमा विशेष सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । चक्रवातको शक्ति र ऊर्जा देख्दा केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात व्यापक हुने उनको भनाइ छ ।
सम्बन्धित समाचार
मलेसियाको सर्तले रोकियो नयाँ श्रमिक भर्ना
जोखिममा हिमाली नदी किनारका बस्ती
महँगियो दसैँः बजार अनुगमन छ, छैन नियन्त्रण
कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता
‘मिस वेलनेस वल्र्ड २०२६’ का विजेता सान्वीलाई गृहनगरमा स्वागत
आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास
बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर






