गायक विमलराजको ‘लोकतान्त्रिक सांस्कृतिक अभियान’

काठमाडौं । लोक गायक विमलराज क्षेत्रीले ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ घोषणा गरेका छन् । काठमाडौँमा एक पत्रकार भेटघाट आयोजना गर्दै उनले यो अभियान’bout जानकारी गराए ।

उनको यो कार्यक्रम नेपाल सांस्कृतिक महासंघले आयोजना गर्न लागेको हो । यो अभियान अन्तर्गत आफूले देशभर सांगीतिक कार्यक्रम गर्ने क्षेत्रीले पत्रकार सम्मेलनमा बताए ।

काठमाडौँमा आयोजित पत्रकार भेटघाटमा अभियानको विभिन्न पक्ष’bout जानकारी दिइयो । कार्यक्रममा महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले नेपाली काँग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रूपान्तरणका महत्त्वपूर्ण घटनाहरू र भावी योजना देशभरका जनतासमक्ष पु¥याउन ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ सुरु गर्न लागेको बताए ।

‘नेपाल सांस्कृतिक संघले यो देशका लागि गरेको जति गतिविधि र महत्त्वपूर्ण काम मध्य यो पनि एक हुनेछ । साथै पार्टी गरेका महत्त्वपूर्ण कामको जानकारी जनतामाझ पुग्न सकेको छैन र अन्यले भ्रम पार्ने काम गरिरहेका छन्’, थापाले पत्रकार भेटघाट कार्यक्रममा भने ।

सांगीतिक माध्यमबाट ती सबै गतिविधि जनतामाझ अब पुग्ने विश्वास आफूले लिएको पनि थापाले बताए । उनले भने,‘नेपालको महत्त्वपूर्ण अभियान र परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई नेपाली काँग्रेसले सधैँ आत्मसात् गर्दै आएकोले पनि काँग्रेसका विषयमा जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासंघले यो अभियान सुरु गरेको हो ।’

आयोजक पक्षका अनुसार यो कार्यक्रम २४ माघबाट सुरु गरिने छ । सो दिन नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले यो कार्यक्रम उद्घाटन गर्नेछन् । कार्यक्रम पहिलो चरणमा सातै प्रदेशको एक–एक जिल्लामा सम्पन्न हुने थापाले जानकारी आयोजक पक्षले गरायो ।

त्यसपछि यो कार्यक्रम अन्य जिल्लामा कार्यक्रम हुनेछ । विभिन्न तामझाम सहित सांगीतिक माहौलमा आयोजना हुने कार्यक्रममा गायक विमलराज क्षेत्रीलाई गायनमा लोक गायिका राधिका हमालले साथ दिनेछिन् । कार्यक्रममा कलाकार शिवशंकर रिजाल, सुजाता केसी, शिवहरि बैरागी, प्रभाकर शर्मा, ऋतु थापा, सन्ध्या सानु, शशी थापा पुन, विष्णु धामी, उमाशंकर जोशी, टिका कुमारी क्षेत्रीलगायतको समेत विभिन्न सांगीतिक प्रस्तुति रहनेछ ।

कार्यक्रममा गायक विमलराज क्षेत्रीले ‘विमलराज क्षेत्री लोकतान्त्रिक अभियान’ आफूले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर यो सपना पुरा हुन लागेको बताए ।

‘मलाई सानैदेखि नेपाली काँग्रेसको झन्डा लिएर देशभर सांस्कृतिक अभियान बनाएर घुम्ने रहर थियो । संसारभर पुग्ने रहर थियो’, क्षेत्रीले कार्यक्रममा भने । गायक क्षेत्रीले नेपाली काँग्रेसको इतिहास बिस्तारै छोपिँदै गएकोले सबैको जानकारी जनमाझ पु¥याउन आफ्नो अभियान महत्त्वपूर्ण हुने दाबी गरे ।

महासंघका महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले कार्यक्रममा आफूहरूले प्रहसन प्रस्तुत गर्ने जानकारी गराए । उनले नेपाली काँग्रेसले कलाकर्मीलाई सधैँ माया गरेर साथमा लिएर हिँड्दै आएको जिकिर गरे । नेपाली जनतामाझ आफूहरूले लोकतान्त्रिक अभियानलाई कलामार्फत अझ सशक्त तुल्याउने उनको कथन थियो ।

कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन सदस्य प्रभातमणि ओझाले विमलराज क्षेत्री लोकतान्त्रिक अभियान एउटा सांस्कृतिक क्रान्ति हुने बताए ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल सांस्कृतिक महासंघकी कोषाध्यक्ष राधिका हमाल, बागमती प्रदेशका अध्यक्ष राजेन्द्र खत्री, कलाकार प्रभाकर देव शर्मा, मनोज केसी, सुनिल पुरी लगायतले सो अभियानबाट प्रकाश पारेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु