सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु

काठमाडौं । सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ । असार २६ गते आत्मदाहको प्रयास गरेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति २ बजे निधन भएको हो ।

उनलाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए ।

उनलाई प्रादेशिक अस्पतालबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु