नेपाल भाषा एकेडेमीको नयाँ चान्सलरमा मल्ल के सुन्दर

काठमाडौं । नेपाल भाषा एकेडेमीको नयाँ चान्सलरको रूपमा मल्ल के सुन्दर चयन भएका छन् । उनी सर्वसम्मत े रूपमा चयन भएका हुन् । काठमाडौँमा सम्पन्न एकेडेमीको चौबिसऔँ वार्षिक सभाबाट मल्ल सर्वसम्मत रूपमा चान्सलरमा चयन भएका हुन् । नेपाल भाषाको प्राज्ञिक संस्थाको रूपमा यो एकेडेमी परिचित छ ।

यस्तै सो एकेडेमीको बाँकी पदाधिकारीमा डा. पुष्पराज राजकर्णिकार भाइस चान्सलर, महेन्द्र गोपाल कर्माचार्य सदस्य सचिव, वीर प्रसाद भन्सारी कोषाध्यक्षमा चयन भएका छन् । यसै गरी एकेडेमीको १० सदस्यीय प्राज्ञहरूमा प्रा. प्रेम शान्ति तुलाधर, शशीकला मानन्धर, राजेन्द्र महर्जन पुता, राजितबहादुर श्रेष्ठ, विद्या चित्रकार र विजयरत्न असंबरे तुलाधर सर्वसम्मत रूपमा चयन भएका छन् ।

यसै गरी सो एकेडेमीको १५ सदस्यीय कार्यकारिणी समितिकालागि अरू पाँच प्राज्ञहरूमा एकेडेमीको विधान अनुसार निर्मल बज्राचार्य, रजनी मिला, शाक्य सुरेन, तुलसी सायमी र कृष्णभक्त महर्जन मनोनयन भएका छन् । उनीहरूलाई नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनयन गरेको हो । निवर्तमान चान्सलर यज्ञ रत्न धाख्वाः भने एकेडेमीको संरक्षक पदमा मनोनीत भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

उग्रतारा–मेलौली सडक कालोपत्रेले बदल्यो अजयमेरुको चमडा