तीन सदस्यीय राहत समिति गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण आफ्ना सदस्य संस्थाहरूलाई राहत वितरण गर्न तीन सदस्यीय राहत तथा सहयोग समन्वय समिति गठन गरेको छ ।

एन्फाको बुधबार बसेको भिडियो कन्फरेन्स बैठकले स्वास्थ्य समितिका संयोजक रत्नकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय राहत तथा सहयोग समन्वय समिति गठन गरेको हो । सदस्यमा उत्तमकुमार भण्डारी र रुपेश अधिकारी छन् । एन्फाको बैठकले संघमा आबद्ध सम्पूर्ण सदस्य संस्थाहरू (जिल्ला फुटबल संघ, ए, बी र सी डिभिजनका क्लब, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघ) संकटग्रस्त फुटबलकर्मीको सूची निर्धारण गरी सचिवालयमा बुझाउने र सचिवालयमा प्राप्त भएको ५ दिनभित्र सूचीलाई आवश्यक प्रमाणीकरण गरी राहत तथा सहयोग उपलब्ध गराउनेछ ।

विश्वमा लाखौं मानिस संक्रमित भएसँगै नेपालमा पनि क्रमिक रूपमा संक्रमितको संख्या बढिरहेको अवस्थामा नेपाल सरकारद्वारा बाध्यकारी लकडाउन (बन्दाबन्दी) समय थप हुँदै जाने क्रम जारी रहेको र यसले नेपालमा फुटबल गतिविधि स्थगित हुँदा खेलेर अनि खेलाएरै जीविकोपार्जन गर्छु भन्ने खेलाडी, रेफ्री र प्रशिक्षकलगायत अन्य फुटबलकर्मी प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, विज्ञप्तिमा विश्वभरका फुटबलकर्मीहरू एक परिवारका रूपमा सामूहिक गतिविधि गर्दै आएकाले विश्व फुटबल महासंघ (फिफा)बाट पनि यो अवस्थामा आफ्नो परिवारका सदस्यलाई सहयोग गर्न कटिबद्ध रहेको अवस्थामा नेपालका फुटबलकर्मीलाई आइपरेको समस्या वा संकट पहिचान गरी एन्फाले आवश्यक राहत वा सहयोग गर्न एन्फा तयार रहेको उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

अध्ययन बिदा दुरुपयोग गरेकाबाट सरकारले असुल ग¥यो १० करोड ४६ लाख